स्वर्ण मुद्रा कुन कालमा प्रचलित थियो ?– लिच्छविकाल
नेपालमा हाल कस्तो अर्थव्यवस्था छ ?– खुला, उदार, बजारमुखी
दसौँ योजनाको मुख्य उद्देश्य के हो ?– गरिबी घटाउनु
आ.व. २०६४÷०६५ को बजेटमा सञ्चारसम्बन्धी के लक्ष्य थियो ?– गाउँमा टेलिफोन, हातमा मोबाइल र घरमा इन्टरनेट
नेपाल विकास मञ्च NDF कहिले गठन भयो ? – सन् २०००
वैकल्पिक ऊर्जातर्फ हालसम्म कति बायोग्याँस प्लाण्ट स्थापना भएका छन् ?– १,७०,०००
एघारौँ त्रि- वर्षीय योजनाको दीर्घकालिन सोच के छ ? – समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण
नेपालमा कति मुद्रण उद्योग रहेका छन् ?– १,५०० वटा
नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?– कञ्चनजंघा
भंसार प्रक्रियालाई आधुनिकीकरण गर्नको लागि प्रयोगमा ल्याइएको सांख्यकीय प्रणालीलाई के भनिन्छ ?– ब्क्थ्ऋग्म्ब् (आसिकुडा)
२० वर्षे दीर्घकालीन विकासको अवधारणामा नेपालमा गरिबीको रेखामुनि रहेका जनतालाई कति प्रतिशतमा घटाउने लक्ष्य छ ?– १०%
नेपालममा दीर्घकालीन कृषि योजना कहिलेदेखि लागू भएको हो ?– नवौं योजनादेखि (२०५४ श्रावण)
नेपालमा सातौं योजनाको अन्त्यमा ४९% गरिबी, आठौं योजनाको अन्तमा ४२% गरिबी, नवौं योजनाको अन्तमा ३८% गरिबी रहेको थियो भने दशौं योजना अन्त्यमा कति प्रतिशत गरिबी रहेको थियो ?– ३१%
नेपाल भारतबीच सम्पन्न हुने वाणिज्य सन्धि कतिकति वर्षमा नविकरण हुन्छ ?– ५÷५ वर्षमा
नेपालबाट विदेश निर्यात हुने वस्तुमा लगाइने शुल्क कुन हो ?– सेवा शुल्क
पर्यटन परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?– प्रधानमन्त्री
नेपाल राष्ट्रबैंकले भारतीय रुपियाँको विनिमय दर नेपाली रुपैयाँमा कहिलेदेखि तोकेको हो ?– २०१७ बैशाख
२००९ सालमा रु. १ को नोट प्रथम पटक छापिँदा खजान्ची को थियो ?– नरेन्द्रराज
नेपाल राष्ट्र बैंक स्थापना भई प्रथम नोट निष्काशन गर्दा नोटमा कसको हस्ताक्षर थियो ?– गभर्नर हिमालय शमशेर जबरा
सबैभन्दा पहिला प्लाष्टिकको नोट प्रचलनमा ल्याउने राष्ट्र कुन हो ?– अष्ट्रेलिया
बेरुजुको अन्तिम कारबाही कसले गर्दछ ?– केन्द्रीय तहसिल कार्यालयले
नेपालमा आ.व. बैशाख १ देखि चैत्र मसान्तसम्मलाई मानिँदै आएकोमा कहिलेदेखि श्रावण १ देखि असार मसान्तलाई आ.व. मान्न थालियो ?– २००९
नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र कुन हो ?– पर्यटन क्षेत्र
पापतिलेका भन्नाले के बुझिन्छ ?विश्वको पहिलो पञ्चवर्षीय योजना (सन् १९२८)
लेखा प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले सर्वप्रथम लेखा समितिको गठन कहिले गरिएको थियो ?– २०१७ माघ २०
नेपालको आर्थिक तथा वाणिज्य राजधानी भन्नाले कुन ठाउँलाई चिनिन्छ ?– विरगञ्ज
नेपाल राष्ट्र बैंकले रु. २ को नोट कहिलेदेखि प्रचलनमा ल्याएको हो ।– २०३८ बैशाख १४
भूमिसुधार कार्यक्रम २०२१ सालमा सर्वप्रथम कति जिल्लामा लागू गरियो ?–१६ जिल्ला
को.ले.नि.का.को स्थापना कति सालमा भएको थियो ?– २०३८ साल
नेपालको मुद्रा सङ्ग्रहालय कुन ठाउँमा रहेको छ ?– छाउनी (काठमाडौं)
नेपाल राष्ट्र बैंकले रु. ५ र रु. १० का नोट कहिले प्रचलनमा ल्यायो ?– २०१६ फागुन ७
२०५८ फागनु १ देखि चैत्र १५ गते सम्मको कृषि गणना कति औं गणना हो ?– पाँचौं
नेपालमा संस्थागत व्यवसायिक लेखा प्रणाली शुरु गर्ने प्रथम नगरपालिका कुन हो ?– धरान
काठमाडौं उपत्यकामा प्रि–पेड मोबाइल फोनको प्रयोग कहिलेदेखि भयो ?–२०६० भदौ ६
नेपाल सहायता समूहको स्थापना कहिले भयो ?– सन् १९७६
उदयपुर सिमेन्ट फ्याक्ट्रीको निर्माण कुन देशको सहयोगमा भएको थियो ?– जापान
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ छ ?– वासिङ्टन डि.सी.
नेपाल सबैभन्दा पहिलो कुन अन्तर्राष्ट्रिय संस्थाको सदस्य भएको थियो ?– इकाफे
प्रथम चरणमा निजीकरण भएका संस्थानहरु कति छन् ?– तीन वटा (बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज र हरिसिद्धी इट्टा टायल कारखाना)
एसियाली विकास बैंकको सञ्चालनार्थ कुन–कुन देशको सहयोग छ ?– जापान र अमेरिका
मानाङ्क मुद्रा कसले चलाएका थिए ?– मानदेव
योजना तथा कार्यक्रमको मूल्याङ्कन किन गरिन्छ ?– कार्यान्वयनमा प्रभावकारिता ल्याउन
‘पैसा छोए पाप लाग्छ’ भन्ने विश्वास गर्ने जाति कुन हो ?– राउटे
नेपालको पहिलो सरकारी संस्था कुन हो ?– विराटनगर जुट मिल्स
विश्वको अग्लो स्थानमा धानखेती कहाँ हुन्छ ?– जुम्लाको तिर्खु जिउला
अन्तरिम त्रिवर्षीय योजनामा कति प्रतिशत वृद्धि हासिल गर्ने लक्ष्य छ ?– ५.५%
आ.व. ०६६÷०६७ सम्म निरपेक्ष गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य छ ?– २४%
राष्ट्रिय विकास परिषद्को बैठक कहिले बस्यो ?– २०६४ असार १०–११
आर्थिक सर्वेक्षण ०६३÷०६४ को अनुसार नेपालको प्रतिव्यक्ति आय कति छ ? ४५६ डलर
ने.वे.लि. ६ महिनाका लागि व्यवस्थापन करारमा, कसको सहयोगमा भएको हो ?विश्व बैंक
कृषि विकास बैंकले कति रुपैयाँ मुल्यको शेयर निष्कासन गरेको छ ?– १२ करोड ५० लाख
प्रतिव्यक्ति आय र उत्पादनस्तर बढ्नुजस्ता वृद्धि हुनु भनेको कस्तो किसिमको विकास हो ?– आर्थिक विकास
कुनै पनि देशलाई आर्थिक न्याय र समतामूलक समाज निर्माण गर्न केले निर्देश गरेको हुन्छ ?– संविधान
नेपालमा २००८ सालमा पहिलोपटक बजेट प्रस्तुत गरिएको थियो । उक्त समयमा बजेट कति प्रकारका विवरणहरु प्रस्तुत गरिएका थिए ?– ३
कुन योजनाले प्रादेशिक सन्तुलन कायम गर्नका लागि क्षेत्रीय विकासको अवधारणा अघि सारेको थियो ?– छैठौं
त्धय दथ त्धय दथ त्धय केसँग सम्बन्धित सिद्धान्त हो ?– अन्तर्राष्ट्रिय व्यापार
नेपाल राष्ट्र बैंकको लेखा परीक्षण कसले गर्दछ ?– महालेखा परीक्षक
वैदेशिक व्यापार असन्तुलनलाई सुधार गर्ने उपाय कुन चाहिँ हो ?– निकासी बढाउने
नेपालबाट सबैभन्दा धेरै गलैंचा निर्यात हुने देश कुन हो ?– जर्मनी
निजीकरणका लागि दबाब दिने तत्व कुनचाहिँ हो ?– उदारीकरण
औद्योगिक क्षेत्रअन्तर्गत रहेका संस्थानको संख्या कति छ ?– ९
संस्थानका क्षेत्रहरुमध्ये सरकारको सबैभन्दा धेरै सेयर लगानी भएको क्षेत्र कुन हो ?– जनउपयोगी क्षेत्र
नेपालका संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थान कुन हो ?– नेपाल टेलिकम
प्रजातन्त्र आएपछि सबैभन्दा पहिले निजीकरण गरिएको संस्थान कुन हो ?– बाँसबारी छाला जुत्ता
हालसम्म कतिवटा संस्थानहरुको निजीकरण गरिसकिएको छ ?– २४
भृकुटी कागज कारखानाको निजीकरण कसरी गरियो ?– व्यवसाय एवम् सम्पत्ति बिक्री
कुन संस्थानको विदेशी व्यवस्थापन विदेशी विज्ञहरुको समूहलाई दिइएको छ ?– राष्ट्रिय वाणिज्य बैंक
नेपालको कति हेक्टर जग्गामा खाद्यान्न बाली लगाइन्छ ?– ३३ लाख ५३ हजार
नेपालमा व्यावसायिक कफी खेतीको सुरुवात कुन जिललाबाट भएको हो ?– गुल्मी
नेपालको जनशक्तिको मुख्य समस्या के हो ?–बेरोजगारी
नेपालका प्राकृतिक स्रोतको सही उपयोग हुन नसक्नुको मुख्य कारण के हो ?– स्रोत साधनको कमी
सरकारी खर्चलाई कहिलेदेखि चालु र पुँजीगत खर्च गरी वर्गीकरण गरियो ?– आ.व. ०६१÷०६२
सबैभन्दा धेरैजनालाई रोजगारी प्रदान गर्ने औद्योगिक क्षेत्र कुन हो ?– बालाजु औद्योगिक क्षेत्र
धेरै लामो समयका लागि कम ब्याजदरमा प्राप्त हुने ऋणलाई के भनिन्छ ?– क्यात यिबल
वैदेशिक रोजगारीको लागि कतिवटा मुलुकहरु खुल्ला गरिएको छ ?– १०९
नेपाल विश्व बैंकको सदस्य कहिले भयो ?– ६ सेप्टेम्बर, १९६१
नेपालमा सबैभन्दा धेरै कुन वस्तु आयात हुने गर्दछ ?– पेट्रोलियम पदार्थ
नेपालमा कर्मचारी प्रशासनमा वृत्ति विकासको स्थापना कहिलेदेखि भयो ? –वि.सं. २०२७
नेपालको निजीस्तरबाट सञ्चालित विमान सेवामध्ये पहिलो कुन हो ?–नेपाल एयरवेज
प्रथम पञ्च वर्षीय योजनामा कूल कति रकम खर्च भएको थियो ? –२१ करोड ४४ लाख
गाउँ विकास समितिको अध्यक्षले को समक्ष राजीनामा दिनुपर्दछ ? –उपाध्यक्ष मार्फत गा.वि.स.मा
नेपालले सार्क संगठनको लागि आर्थिक सहयोगकको कति प्रतिशत रकम व्यहोरेको छ ? –११.३५%
म.ले.प.फा.नं. १० के सँग सम्बन्धित छ ? –गोश्वारा भौचर
नेपालमा पहिलो पटक प्रस्तुत भएको बजेटमा कुल खर्चको अनुमान कति थियो ? –रु. ५.२५ करोड
आकस्मिक कोष कसको नियन्त्रणमा रहन्छ ? –नेपाल सरकार
लिच्छविकालमा कर तथा आर्थिक प्रणालीसम्बन्धी कार्य हेर्ने अड्डालाई के भनिन्थ्यो ? –कुथेर
नगरपालिका हुनको लागि वार्षिक कति आयस्रोत हुनुपर्छ ?–रु. ५० लाख (संशोधित ऐनअनुसार)
राष्ट्र ऋण कुन आ.व. देखि उठाउन थालिएको हो ?–आ.व. २०१७÷०१८
सार्क राष्ट्रका केन्द्रीय बैंकहरुका नाम उल्लेख गर्नुहोस् ।
सार्क राष्ट्रका केन्द्रीय बैंकहरुका नाम निम्नानुसार छन्—
(क)बङ्गलादेश – बङ्गलादेश बैंक
(ख)भूटान– रोयल मनिटरी अथोरिटी
(ग)भारत– रिजर्ब बैंक अफ इण्डिया
(घ)मालदिभ्स– मालदिभ्स मनिटरी अथोरिटी
(ङ)नेपाल– नेपाल राष्ट्र बैंक
(च)पाकिस्तान– स्टेट बैंक अफ पाकिस्तान
(छ)श्रीलङ्का– सेन्ट्रल बैंक अफ सिलोन
धरौटी खाता म.ले.प. नं. कति हो ?–११०
उच्चस्तरीय प्रशासन सुधार समिति २०४८ का अध्यक्ष को थिए ?–गिरिजाप्रसाद कोइराला
भ्रष्ट्राचारसम्बन्धी मुद्दामा चित्त नबुझ्ने व्यक्ति कहाँ कति दिनभित्र उजुरी दिनुपर्छ ? –प्रशासकीय अदालतमा ३५ दिनभित्र
कुन करको योगदान बढी हुन्छ ?– बिक्रीकर
डेमरेज कसले मिनाहा दिन सक्छ ?– भन्सार अधिकृतले
मूल्य अभिवृद्धि कर लगाएपछि कुन कर लाग्दैन ?– बिक्रीकर
निजामती सेवा नियमावली, २०५० मा कति अनुसूची रहेका छन् ?– १८
औद्यागिक व्यवसाय ऐन, २०४९ अनुसार औद्योगिक प्रवद्र्धन बोर्डको अध्यक्ष को हुन्छ ?– उद्योगमन्त्री वा राज्यमन्त्री
मौद्रिक नीति कुन नियकाले निर्धारण गर्छ ?– नेपाल राष्ट्र बैङ्क
आबु खैरनी देखि गोरखासम्मको राजमार्गको नयाँ नाम के हो ?– अमरसिंह राजमार्ग
अधिकतम र न्यूनतम बजेट कुन योजनाबाट सुरु भएको हो ?– पाँचौ
एकद्वारा समितिको संयोजक को हुन्छ ?– उद्योग विभागको महानिर्देशक
सर्वप्रथम बजेटको सुरुवाट कुन देशबाट भयो ?– बेलायत
सर्वप्रथम बजेट पेश गर्ने व्यक्ति को हुन् ?– वालपोल
सरकारी बजेट कसले स्वीकृत गर्नुपर्छ ?– विधायिका
समयमै बजेट स्वीकृत नभएको अवस्थामा कति रकम पेसी खर्च गर्न पाइन्छ ?– एक चौथाई
खर्चको भुक्तानि दिँदा कति रकम भन्दा बढीको चेक भए एकाउन्ट पेई बनाउनुपर्छ ?– रु. २५ हजार
खरिद बिल पेश भएको कति दिनभित्र लेखाप्रमुख समक्ष पेश गर्नुपर्छ ?– १५ दिन
आधुनिक लेखासिद्धान्तका जन्मदाता को हुन् ?– ल्युका पेसीवली
विश्वकै सबैभन्दा ठूलो आर्थिक मन्दी कहिले भयो ?– सन् १९२९–१९३२
योजना आयोगको स्थापना कति सालमा भएको हो ?– सन् १९५६
कुनै वर्ष योजना नबनी खाली रहेको समयलाई के भनिन्छ ?– एबिल ज्यष्मिबथ
एबिल ज्यष्मिबथ का रुपमा रहेको वर्ष कुन हो ?– २०१८, १०४८
चिया खेतीमा प्रसिद्धि पाएको जिल्ला कुन हो ?– इलाम
नेपालको सबैभन्दा ठूलो सिमेन्ट कारखाना कुन जिल्लामा पर्दछ ?– उदयपुर
0 Comments