संविधान


संविधान भनेको के हो?
  • संविधान देशको मूल कानुन हो । यसलाई सबै कानुनको जननी भनिन्छ । योसँग बाझिएका कानुनहरू बाझिएको हदसम्म अमान्य हुन्छन् ।
  • संविधान राजनैतिक एवं कानुनी दस्तावेज हो ।
i.      राजनीतिक दस्तावेज हुनुको कारण :- देशको राजनीतिक परिस्थितिका आधारमा संविधान बन्दछ र भविष्यका शासन व्यवस्थाको समग्र पद्धति स्थापित गर्दछ ।
ii.      कानुनी दस्तावेज हुनुको कारण :-  संविधानले मानक र मापदण्डहरूको निर्धारण गर्दछ । यो नियमहरूको सँगालो हो ।
  • संविधानलाई न्याय¸ समानता र स्वतन्त्रताको आधारशिला मानिन्छ ।
  • राज्यका अङ्गहरूको सिर्जना गरी शक्तिको बाँड फाँड गर्ने काम यसले गर्दछ । शासन व्यवस्था सञ्चालनको खाका यसले नै कोर्दछ ।
  • संविधानका प्रमुख ४ कामहरू
i.      संविधानले राज्यका प्रमुख अङ्गहरूको संगठन¸ संरचना निर्माण गर्दछ । (Organizing)
ii.      ती संरचनाले गर्न काम¸ कर्तव्य र अधिकारको बाँड फाँड गर्दछ । (Distributing)
iii.      ती निकायहरू बीच एक आपसमा नियन्त्रणको प्रबन्ध गर्दछ । (Regulating)
iv.      ती निकायहरूको अधिकारमा सीमाङ्कन गर्दछ । (Limiting)
  1. प्रथम लिखित संविधान संयुक्त राज्य अमेरिकामा सन् १७८९ बाट सुरु भएको हो ।
१८)     संविधान किन आवश्यक छ ?
  1. स्वेच्छाचारी शासनमा सिमा लगाउन¸
  2. निरङ्कुशतालाई अस्वीकार गर्न¸
  3. कानुन प्रति उत्तरदायी बनाउन¸
  4. सरकारलाई नियन्त्रण गर्न¸
  5. कानुन/विधिको शासनको स्थापना गर्न¸
  6. आमजनतालाई लाभान्वित तुल्याउन¸
  7. मानवअधिकारको सम्मान गर्न ।
१९)      संविधानका विशेषताहरू लेख्नुहोस् ।
  • संविधानको सर्वोच्चता हुन्छ ।
  • संविधानले शासकीय शक्तिमा सीमा लगाउँदछ ।
  • नागरिक अधिकार प्रति सम्मान प्रकट गर्दछ ।
  • शक्तिको दुरुपयोगलाई अस्वीकार गर्दछ ।
  • सरकारलाई जनता प्रति उत्तरदायी बनाउँदछ ।
  • यसले सुशासनको प्रत्याभूति गर्दछ ।

Post a Comment

0 Comments