भ्रष्टाचार विवारण ऐन, २०५९ बमोजिम राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार निम्नाुसार छन्:(क) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनु पर्ने कार्यहरू नियमित रूपमा भए/नभएको विषयमा सूचना संकलन गर्ने,
(ख) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थाबाट नियमित रूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्ने,
(ग) सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
(घ) भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
(ङ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनु पर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नु पर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(च) नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरीपेटिका राख्ने व्यवस्था मिलाउने,
(छ) भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई कुनै सुझाव वा निर्देशन दिने,
(ज) भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराई राख्ने,
(झ) भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
(ञ) भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने वा गराउने।
(ट) नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने।
अन्त्यमा, राष्ट्रिय सतर्कता केन्द्रले नेपाल सरकारका निकायहरूलाई अनुगमन एवं निर्देशनको सहायताले नियममा राख्नुका साथै आवश्यकताअनुसार कारवाही गरी भ्रष्टाचार नियण्त्रण गर्ने तथा सुशासन प्रवद्र्धन गर्ने कार्य गर्छ।
0 Comments