सञ्चार भन्नाले सूचनाको प्रवाह गराउने प्रक्रियालाई बुझिन्छ । सूचना तयार भइसकेपछि त्यसका उपभोक्तासम्म पु¥याउने प्रक्रियालाईनै सञ्चार भनिन्छ । यो एक व्यवस्थापकीय औजार हो ।
सञ्चार हाम्रो दैनिक बोलीचाली र व्यवहारका अतिरिक्त विश्वका जुनसुकै ठूला संगठनका लागि पनि उत्तिकै महत्वपूर्ण तत्व बनेको छ । आज व्यवस्थापनका अन्य तत्वभन्दा सञ्चारको महत्व अझ बढेको छ । सञ्चार क्रान्तिले विश्वलाई साँघु¥याएको मात्र होइन सहज पनि बनाएको छ । कम्प्युटर, मोबाइल, इन्टरनेट, मिडियाहरू र अन्य सञ्चार प्रविधिको माध्यमबाट मानवीय जीवन सरल, सहज र बढी काममा समेत कम समय लाग्ने बनेको छ । विद्युतीय सञ्चारकै माध्यमबाट हामी (विद्युतीय सुशासन) E-Governance को परिकल्पना गरिरहेका छौं ।
• निरन्तर प्रक्रिया । • प्रेषक र प्रापक हुन्छ ।
• सूचनाको प्रवाह हुन्छ । • एकतर्फी र दुईतर्फी दुवै हुन्छ ।
• माध्यमद्वारा प्रभावित । • सम्पूर्ण साधनहरूलाई जोड्ने पुल हो ।
• प्रशासनिक व्यवस्थामा त झन् प्राणतुल्यनै हुन्छ ।
सञ्चार प्रक्रिया
१. समाचार सिर्जना २. सांकेतिकीकरण ३. समाचार हस्तान्तरण
४. समाचार प्राप्ति ५. रूपान्तरण ६. बोध
७. आवाज (पृष्ठपोषण)
सार्वजनिक कार्यालयमा सञ्चारको महत्व
जनतामा सेवा प्रवाह गर्दा होस् वा सार्वजनिक कार्यलाई जनताद्वारा अनुमोदन गराउँदा होस् दुवैमा सञ्चारको उत्तिकै आवश्यकता पर्दछ । सार्वजनिक होस् वा सामाजिक संस्था सबैमा सञ्चारको उत्तिकै आवश्यकता रहन्छ । सञ्चारको महत्वलाई निम्न बुँदाहरूले अझ राम्रोसँग प्रष्ट पार्न सकिन्छ ।
• सार्वजनिक कार्यमा निर्णय गर्दा सूचनाको लागि,
• सार्वजनिक उत्तदायित्व वहन गर्दा,
• सार्वजनिक कार्यमा पारदर्शिताको प्रत्याभूति गर्दा,
• जनताको गुनासो सुन्नु पर्दा वा
• जनताको आवश्यकता र समस्या पहिचान गर्नुपर्दा
• सञ्चार नै सूचना पु¥याउने माध्यम हो ।
त्यसैगरी,
• नागरिक चेतना वृद्धि गर्न,
• यसका सेवाग्राहीसँगको सम्बन्ध, सेवा प्रवाह र माग पत्ता लगाउन,
• विभिन्न व्यक्ति र विभागहरूबीच सम्पन्न कार्यहरूबीच एकीकरण गर्न र समन्वय गर्न,
• निर्देशन, नियन्त्रण र आदेशको प्रवाह गर्दा,
• कर्मचारी प्राप्ति, विकासका लागि तालिम, उत्प्रेरणा सिर्जना सबैमा आवश्यक,
• सम्पन्न क्रियाकलापको अनुगमन मूल्याङ्कन गर्न,
• नयाँ प्रविधि र आविष्कारमा पहुँच पु¥याउन,
• समयको बचत तथा ज्ञान–सीपको विकास गर्न,
• विज्ञान र प्रविधिको विकासबारे जानकारी गराउन,
• सूचनाको हकलाई सुनिश्चितता प्रदान गर्न,
तसर्थ, संगठन, व्यक्ति, समूह तथा संस्था होस् सबैमा सञ्चारको महत्व मानव जीवनमा रक्त सञ्चारको जत्तिकै छ ।
सञ्चारका तरिकाहरू वा सीपहरू
(क) प्रवाहको आधारमा : • एकोहोरो, • दोहोरो
(ख) अभिव्यक्तिको आधारमा : • लिखित, •ड्ड मौखिक, • श्रव्य, दृष्य • सांकेतिक
(ग) संगठनात्मक वैधताको आधारमा : • औपचारिक, • अनौपचारिक
(घ) दिशाको आधारमा (वहाबको आधारमा)
• अधोगामी • उध्र्वगामी • समानान्तर • छड्के (Digonal)
सञ्चारका व्यवधानहरू
१. भाषागत व्यवधान
२. भौगोलिक व्यवधान
३. मनोवैज्ञानिक व्यवधान
४. स्तरको आधारमा हुने व्यवधान
५. वातावरणीय (मौसमी, आर्थिक, राजनैतिक बहस, पैरवी)
६. प्राविधिक व्यवधान
७. प्रापक र प्रेषकमा हुने व्यक्तिगत कमजोरीहरू
८. भौतिक अवरोधहरू
९. संगठनात्मक अवरोधहरू
सञ्चारका व्यवधान हटाउने वा अवरोध हटाउने उपायहरू
• दुईतर्फी सञ्चारको व्यवस्था मिलाउने ।
• शुद्ध भाषाको प्रयोग गर्ने ।
• मनोवैज्ञानिक अवरोध हटाउने ।
• सूचनाको दोहोरोपना कम गर्ने ।
• स्पष्ट उद्देश्य तय गर्ने ।
• माध्यम स्पष्ट र प्रभावकारी बनाउने ।
• संगठनात्मक संरचना, योजना र कार्यबीच समन्वय ।
• उपयुक्त प्रविधिको प्रयोग ।
• सञ्चार कानूनहरूको तर्जुमा गर्ने ।
नेपालमा प्रभावकारी सञ्चारका लागि भएका प्रयासहरू
• सञ्चार नीतिको तर्जुमा
• सूचना प्रविधि नीतिको तर्जुमा,
• सञ्चार/सूचना केन्द्रहरू, जिल्ला हुलाक कार्यालयहरूको स्थापना
• विद्युतीय सञ्चार माध्यम र अन्य पत्रपत्रिकाहरू,
• सूचनाको हक, सम्बन्धी ऐन, २०६४ कानून/संविधानमा सूचनाको हक, छापाखाना सम्बन्धी हक आदि ।
• सूचना प्रविधि पार्कको निर्माण
• Website, Fax, E-Mail, MIS को प्रयोग
• F.M तथा पत्रिकाहरूमा खुला इजाजत
• साइबर ‘ल’ जारी भएको
चुनौतीहरू
• पुननिर्माण (क्षतिग्रस्त संरचनाहरु)
• दक्ष जनशक्ति कसरी तयार गर्ने ?
• निजी क्षेत्रको लगानी/वातावरण
• विश्वव्यापी सञ्चार (मानचित्रमा कसरी ?)
• सञ्चारमा विश्वसनीयता कायम गर्ने
• सञ्चारमा राज्यको नियन्त्रण कायम कसरी गर्ने ?
• ह्याकिङ गर्ने, Data हरू चोरी गर्ने आदि कुराको नियन्त्रण कसरी गर्ने ?
नेपालमा सञ्चार प्रणालीको विकास गर्नमा देखिएका समस्याहरू
• तथ्यांक नै कमजोर
• श्रोत साधनमा कमी
• निकायहरूबीच समन्वय छैन
• भौगोलिक कठिनाई
• जनशक्ति क्षमता कमजोर
• पूर्वाधार कमी
• द्वन्द्वको अवस्था
• खर्चिलो छ
• कुनै एक क्षेत्रको खराबीले सम्पूर्ण पक्ष प्रभावित हुने स्थिति
सञ्चारको विकासका लागि प्राप्त अवसरहरू
• अन्तर्राष्ट्रिय र निजी क्षेत्रको लगानी आकर्षण
• सञ्चारमा जनताको छनौटको अधिकार (Public choice theory अनुसार) प्राप्त गरेका छन् । जस्तो : FM, पत्रिका, टेलिफोन
• हुलाक सेवाको सञ्जाल राष्ट्रव्यापी भएको,
• सञ्चार क्षेत्रको सन्तुलित विकासका लागि लोकतान्त्रिक राजनैतिक प्रणाली, समावेशी प्रजातन्त्र, शान्ति र खुला वातावरण प्राप्त भएको छ ।
नेपालमा सञ्चारका माध्यमहरू
• रेडियो • टेलिभिजन • पत्रपत्रिका • पत्राचार • टेलिफोन
• FAX • Internet • E-Mail • संवाददाता • राजदूतहरू
• गाउँघरमा “कटुवाल” प्रणाली • व्यक्तिगत सम्पर्क • श्रव्य दृश्य
• यान्त्रिक • फाराम • आन्तरिक सूचना
0 Comments