प्रश्न : प्रमाणिक समय भनेको के हो ? नेपालको प्रमाणिक समय कसरी लिइएको छ ? उल्लेख गर्नुहोस् । (ना.सु.२०७०)
उत्तर : प्रमाणिक समय
एक देशान्तरको स्थानीय समयलाई देशभर मानिन्छ भने त्यसलाई प्रमाणिक समय भनिन्छ । अथवा देशभर चलाइएको कुनै देशान्तरको समय नै त्यस देशको लागि प्रमाणिक समय हो ।
सन् १८८४ मा बेलायतको ग्रिनवीच हुँदै गएको ० डिग्री देशान्तर रेखालाई आधार मानेर अन्तराष्ट्रिय समयको निर्धारण गरिएको हो । भने अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त हुने गरी विश्वलाई २४ वटा समय क्षेत्रमा विभाजन गरिएको छ ।
नेपालको प्रमाणिक समय निर्धारण
नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ । जुन प्रमाणिक समय ग्रिनवीच समय भन्दा ५ घन्टा ४५ मिनेट छिटो छ । यो वि.सं. २०४२ बैशाख १ देखि लागू गरिएको हो ।
प्रश्न : नेपालको भौगोलिक विशेषताहरू के के छन् ? छोटकरीमा उल्लेख गर्नुहोस् । (ना.सु.२०६९)
उत्तर : नेपालको भौगोलिक विशेषताहरू
– नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । यो दक्षिण एसियामा विश्वका २ ठूला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ ।
– नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ ।
– कूल क्षेत्रफल १४७१८१ वर्ग कि.मि. (५६,८२७ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भू–भागको ०.०३% र एसिया महादेशको ०.३% भू–भाग ओगटेको छ ।
– नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ ।
– फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ
– हावापानीको आधारमा ऋतुहरूको विभाजन गरिएको छ ।
– नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यही अवस्थित छ ।
– जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
प्रश्न : भौगोलिक हिसाबले नेपाललाई कति प्रदेशमा विभक्त गर्न सकिन्छ ? ती प्रदेशहरूको विशेषता छोटकरीमा उल्लेख गर्नुहोस् ।
उत्तर : भौगोलिक हिसाबले नेपाललाई निम्न तिन प्रदेशमा विभक्त गरिएको छ :–
१) हिमाली प्रदेश :– (समुन्द्रदेखि र सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको भू–भागलाई हिमाली प्रदेश भनिन्छ ।)
२) पहाडी प्रदेश :– ( तराई प्रदेशको उत्तर तथा हिमाली प्रदेशको दक्षिणमा समुन्द्री सतहबाट करिब ६०० मिटर देखि ३००० मिटरसम्मको उचाईमा झन्डै ७५ देखि १२५ कि.मि. सम्मको चौडाई भित्र पूर्व पश्चिम फैलिएको क्षेत्र लाई पहाडी प्रदेश भनिन्छ ।)
३) तराई प्रदेश :– (नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।)
हिमाली प्रदेशका विशेषताहरू
– देशको कूल क्षेत्रफलको १५ प्रतिशत भू–भाग ओगटेको ।
– बहुमूल्य जडिबुटीहरू तथा दुर्लभ वन्यजन्तुहरू पाइने
– ठूला–ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल ।
– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक उचाईमा रहेको तिलिचो ताल यही क्षेत्रमा अवस्थित रहेको,
– बौद्ध धर्मावलम्बीको बाहुल्यता,
– पशुपालन मुख्य व्यवसाय,
– पर्यटकीय दृष्टिले महत्वपूर्ण हिमचुचुरा एवं पदमार्गहरू आदि
पहाडी प्रदेशका विशेषताहरू
– देशको कूल क्षेत्रफलको करिब दुई तिहाई भू–भाग ओगटेको,
– पाँचै विकासक्षेत्रको सदरमुकामहरू यही क्षेत्रमा रहेको,
– विविधतायुक्त रहनसहन, भेषभुषा तथा संस्कृतिको थलो,
– हिन्दू धर्मावलम्बीको बाहुल्यता रहेको,
– कृषि तथा नोकरीलाई प्रमुख व्यवसायको रूपमा अपनाइने गरेको,
– देशको राजधानी काठमाण्डौ यसै क्षेत्रमा पर्ने,
तराई प्रदेशका विशेषताहरू
– नेपालको कूल क्षेत्रफलको १७ प्रतिशत भू–भाग तराई क्षेत्रमा पर्ने,
– औद्योगिक, व्यवसायिक तथा आर्थिक, सामाजिक विकासका दृष्टिले अन्य प्रदेशको तुलनामा अगाडि रहेको,
– नेपालको अन्न भण्डारको रूपमा चिनिने,
– अत्यन्त गर्मी, धेरै वर्षात, उब्जाउ जमिन, घना बस्ती रहेको,
– भारतीय रहनसहन र संस्कृतिको बढी प्रभाव भएको,
– मैथिली, भोजपुरी, अवधि, थारु जस्ता भाषा समुदायका विभिन्न जातजातिहरूको बसोबास रहेको ।
0 Comments