नेपालको संवैधानिक तथा राजनीतिक प्रश्न-उत्तर !!


नेपाल सरकार वैधानिक कानुन घोषणा कहिले भएको थियो ? –वि.सं. २००४ साल माघ १३ गते
Ø  नेपाल सरकार वैधानिक कानुन कहिले जारी भएको थियो ? –वि.सं. २००५ बैशाख १ गते
Ø  नेपाल सरकार वैधानिक कानुन२००४ जारी गर्ने राणा प्रधानमन्त्री को थिए ? –पद्य शमशेर
Ø  नेपाल सरकार वैधानिक कानुन२००४ मा कति भाग र कति धारा रहेका थिए ? –६ भाग ६८ धारा १ अनुसूची
Ø  नेपालको दोस्रो लिखित संविधान कुन हो ? –नेपाल अन्तरिम शासन विधान२००७
Ø  नेपाल अन्तरिम शासन विधान२००७ कहिलेबाट जारी भएको थियो ? –२००८ भाद्र ४ बाट
Ø  नेपाल अन्तरिम शासन विधान२००७ कसले जारी गरेको हो ? –श्री ५ त्रिभुवन
Ø  नेपाल अन्तरिम शासन विधान२००७ मा कति भाग र कति धारा रहेको थियो ? –सुरुमा ७ भाग ४७ धारा र पछि संशोधन हुदै जाँदा ७ भाग ७३ धारा १ अनुसूची
Ø  नेपाल अन्तरिम शासन विधान२००७ को कतिऔं संशोधनबाट नेपाल सरकारको ठाउँमा श्री ५ को सरकार लेख्न सुरु गरिएको हो ? –चौथो संशोधन२०१५।२।२बाट
Ø  नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भएको थियो ? –वि.सं. २०१५ फाल्गुण १ गतेबाट
Ø  नेपाल अधिराज्यको संविधान२०१५ कति परिच्छेदभाग र धारा व्यवस्था गरिएको थियो ? –१० भाग७७ धारा१० परिच्छेद
Ø  संकटकालिन अधिकार कति औं धारामा व्यवस्था गरिएको थियो ? –धारा ५५ मा
Ø  नेपाल अधिराज्यको संविधान२०१५ को संकटकालिन अधिकार धारा ५५ को प्रयोग श्री ५ महेन्द्रबाट कहिले भएको थियो ? –२०१७ पौष १ गते
Ø  नेपाल अधिराज्यको संविधान२०१५ मस्यौदा आयोग कसको अध्यक्षतामा गठन गरिएको थियो ? –लो.से.आ.का का.मु. अध्यक्ष भगवतीप्रसाद सिंहको
Ø  नेपालको संविधान२०१९ को मस्यौदा आयोगका अध्यक्ष को थिए ? –ऋषिकेश शाह
Ø  नेपालको संविधान२०१९ मा कतिपटक संशोधन भयो ? – 
Ø  नेपालको संविधान२०१९ मा कति भागधारा र अनुसूचीको व्यवस्था गरिउको थियो ? –२० भाग ९६ धारा ६ अनुसूचीको
Ø  नेपालको संविधान२०१९ कहिले देखी जारी भयो ? –वि.सं. २०१९ पौष १ देखि
Ø  नेपाल अधिराज्यको संविधान२०४७ कहिले जारी भयो ? –वि.सं. २०४७ कात्तिक २३ गत
Ø  संविधान सुझाव आयोग २०४७ कसको अध्यक्षतामा गठन भएको थियो ? –सर्वोच्च अदालतका न्यायधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा
Ø  नेपाल अधिराज्यको संविधान२०४७ कति भागधारार अनुसूचीको व्यवस्था गरिएको छ ? –२३ भाग१३३ धारा र ३ अनुसूची
Ø  नेपाल अधिराज्यको संविधान२०४७ मा संकटकालिन अधिकार कति औं धारामा व्यवस्था गरिएको थियो ? –धारा ११५ मा
Ø  नेपालको अन्तरिम संविधान २०६३नेपालमा जारी भएको कति औं लिखित संविधान हो ? –छैठौं
Ø  मौलिक हकको व्यवस्था कति भाग र कति धारामा व्यवस्था गरिएको छ ? –भाग ३ को धारा १२ देखि ३२ सम्म
Ø  नेपालको सबैभन्दा जेठो पार्टी नेपाल प्रजा परिषदको स्थापना कहिले भयो ? –वि.सं. १९९३ जेष्ठ २२
Ø  जनमत संग्रह गर्ने घोषणा कहिले भएको थियो ? –वि.सं. २०३६ जेष्ठ १० गते
Ø  राष्ट्रिय जनमत संग्रह कहिले भएको थियो ? –वि.सं. २०३७ जेष्ठ २० गते
Ø  जनमत संग्रहमा नेपाल राज्यभित्र कति मतदान केन्द्रहरु थिए ? –१०,००६
Ø  जनमतसंग्रहमा पञ्चायत पक्षले कति जिल्लामा बहुमत प्राप्त गरेको थियो ? –५५
Ø  विश्वेश्वर प्रसाद कोइरालाको निधन कलिहे भएको हो ? –२०३९ श्रावण ६
Ø  नेपालमा कहिले बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ? –२०४६ चैत्र २६ गते
Ø  नेपाल अधिराज्यको संविधान२०४७ कहिले जारी भयो ? –२०४७ कात्तिक २३ गते
Ø  राजा ज्ञानेन्द्रबाट कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल विघटन गरी आफ्नो अध्यक्षतामा मन्त्री मण्डल गठन हुने घोषणा गरिएको थियो ? –वि.सं. २०६१ माघ १९
Ø  प्रतिनिधिसभाको घोषणा२०६३ कहिले जारी गरियो ? –वि.सं. २०६३ जेष्ठ ४
Ø  नेपाल सरकार र नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता कहिले गरिएको हो ? –२०६३ मंसिर ५
Ø  अन्तरिम व्यवस्थापिकाको गठन कहिले गरिएको हो ? – वि.सं. २०६३ माघ १
Ø  नेपालमा लोकतन्त्र दिवस कहिले मनाइन्छ ? –वैशाख ११
Ø  प्रचण्ड गोर्खाको स्थापना कहिले भएको थियो ? –वि.सं. १९८७ मा
Ø  पहिलो आम निर्वाचन कहिले भएको थियो ? –वि.सं. २०१५ फाल्गुण ७ देखि २०१६ बैशाख १६ सम्म
Ø  वि.सं. २००७ सालमा देशमा प्रजातन्त्र पुनस्र्थापना पश्चात पुनः राजनैतिक दलहरुमाथि कहिले प्रतिबन्ध लागेको थियो ? –वि.सं. २०१७ पौष २२ गते
Ø  नेपालको अन्तरिम संविधान२०६३ कहिलेदेखि जारी गरिएको हो वि.सं. २०६३ माघ १ देखि
Ø  नेपालको अन्तरिम संविधान२०६३ नेपालको कतिऔं संविधान हो ? –छैठौं
Ø  नेपालको संविधान२०१९ कहिलेदेखि लागू भएको हो ? –२०१९ पौष १ देखि
Ø  २०१५ सालको आमनिर्वाचन कति संसदीय स्थानको लागि भएको थियो ? –१०९
Ø  प्रथम निर्वाचित संसदको सभामुख को थिए ? –कृष्ण प्रसाद भट्टराई
Ø  वि.सं. २०१५ को आम निर्वाचन पछि कांग्रेसको तर्फबाट विपि कोइराला कहिले प्रधानमन्त्री नियुक्त भए ? –वि.सं. २०१६ अषाढ १६
Ø  पहिलो आम निर्वाचनमा कति जना स्वतन्त्र उम्मेद्वार विजयी भएका थिए ? –
Ø  नेपालमा सर्वप्रथम संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको हो ?
        वि.सं. २०६४ चैत्र २८
Ø  संविधान सभाको निर्वाचनमा कुल कति राजनैतिक दलहरुले भाग लिएका हुन् ? – ५४ दल
Ø  संविधान सभा सदस्य निर्वाचनमा मतदाताहरुको कूल संख्या कति रहेको थियो । – ,७६,०९,९८५
Ø  संविधान सभा सदस्य निर्वाचनमा पुरुष मतदाताको संख्या ८८,८०,३९१ थियो भने महिला मतदाताको संख्या कति थियो ? – ८७,२९,५०४
Ø  संविधान सभा सदस्य निर्वाचनमा कुल मतदान केन्द्रहरुको संख्या कति रहेका थिए ?   – २०,८८९ केन्द्र
Ø  संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र कुन चाहिँ निर्वाचन क्षेत्रमा र कति रहेका थिए ? – स्याङ्जानिर्वाचन क्षेत्र नं. १ (१३१ केन्द्र)
Ø  संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा कम मतदान कुन चाहिँ निर्वाचन क्षेत्रमा थिए ? – मनाङ्मा२० मतदान केन्द्र
Ø  संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा कम मतदाता कुन चाहिँ निर्वाचन क्षेत्रमाØ  थिए मनाङ् (७,४०७ मतदाता)
Ø  संविधान सभा सदस्य निर्वाचनमा सबैभन्दा धेरै मतदाता कुन चाहिँ निर्वाचन क्षेत्रमा
Ø  थिए ? –गुल्मी क्षेत्र नं. २ (१ लाख ४ हजार ८८८ मतदाता)
Ø  संविधानसभा प्रत्यक्ष निर्वाचनमा कुल उम्मेदवार कति थिए ? – ,९४७ जना
Ø  संविधानसभाको प्रत्यक्ष निर्वाचनमा पुरुष उम्मेदवार कति थिए ? – ,५८० जना
Ø  संविधानसभाको प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार कति थिए ? – ३६७ जना
Ø  संविधानसभा सदस्यको निर्वाचनमा सर्वप्रथम विजयी घोषण हुने उम्मेदवार को हुन् ?-  प्रकाशमान सिंहकाठमाडौं क्षेत्र नं. १ (नेपाली कांग्रेस)
Ø  संविधान सभा सदस्यको निर्वाचनमा विद्युतीय मतदान” गरिएको एक मात्र निर्वाचन क्षेत्र कुन हो ? – काठमाडौं क्षेत्र नं. १
Ø  नेपालमा विद्युतीय यन्त्रबाट मतदान गर्ने व्यवस्था सर्वप्रथम कहिले गरिएको हो – वि.सं. २०६४ चैत्र २८ (संविधान सभा सदस्यको निर्वाचनमा)
Ø  संविधानसभा सम्बन्धी अवधारणा सर्वप्रथम कहिले ल्याइएयो हो ? – वि.सं. २००७
Ø  संविधान सभाको निर्वाचन कुन चाहिँ निर्वाचन प्रणाली बमोजिम गरिएको हो ? – मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक)
Ø  प्रत्यक्ष निर्वाचन प्रणाली अनुसार निर्वाचित हुने संविधान सभा सदस्यको संख्या कति रहेको थियो ? – २४० सदस्य
Ø  समानुपातिक आधारमा निर्वाचित हुने संविधान सभा सदस्यको संख्या कति तोकिएको थियो ? – ३३५ सदस्य
Ø  संविधान सभाको मन्त्रिपरिषद्बाट मनोनयन हुने सदस्य संख्या कति तोकिएको थियो ? – २६ सदस्य
Ø  नेपालमा संविधान सभाको कुन सदस्य संख्या कति रहेको छ ? – ६०१ सदस्य
Ø  संविधानसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा कुल कति राजनैतिक दलहरुका सदस्यहरुले विजय हासिल गरेका थिए ? – ९ दल
Ø  संविधानसभाको प्रत्यक्ष निर्वाचनमा कुल कति जना स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेका थिए ? – २ जना (बबन सिंह र सदरुल मिया हक)
Ø  संविधान सभामा प्रत्यक्ष र समानुपातिक दुवै गरी सबैभन्दा बढी सिट हासिल गर्ने राजनैतिक दल कुन हो ? – ने.क.पा (माओवादी)२२० सिट
Ø  संविधान सभाको निर्वाचनमा समानुपातिकतर्फ कति दलले सिट प्राप्त गर्न सफल भएका थिए ? – २५ दल
Ø  संविधान सभा सदस्यको समानुपातिक निर्वाचनमा कति प्रतिशत मत खसेको थियो ?
        ६३.२९ प्रतिशत
Ø  संविधान सभा सदस्यको समानुपातिक निर्वाचनमा खसेको कूल मतमा कति प्रतिशत मत सदर भएको थियो ? – ९६.३४ प्रतिशत
Ø  संविधान सभा सदस्यको समानुपातिक निर्वाचनमा कूल सदर मातको १ प्रतिशत भन्दा कम मत प्राप्त गर्ने राजनैतिक दलको संख्या कति छ ? – ४३ दल
Ø  संविधान सभा सदस्यको समानुपातिक निर्वाचनमा कुनै पनि सिट प्राप्त नगर्ने दल कति छन् ? – २९ दल
Ø  संविधान सभाको समानुपातिक निर्वाचनमा कति जना महिला उम्मेदवारहरुले विजय हासिल गरेका छन् ? – १४५ जना
Ø  संविधान सभाको निर्वाचनमा कुल कति महिला उम्मेदवारहरु निर्वाचित भएका छन् ?  – १७४ जना
Ø  संविधान सभाको समानुपातिक निर्वाचनमा कति वटा राजनैतिक दलका महिला उम्मेदवारहरुले विजय हासिल गरेका छन् ? – १६ दल
Ø  अन्तरिम व्यवस्थापिका संसदमा कतिजना सदस्यहरु रहेका थिए ? –३२९ सदस्य

Post a Comment

0 Comments