शहरीकरण र जनसंख्या


शहरीकरण 
सहर भन्नाले भौतिक एवम् सामाजिक पूर्वाधारको विकास भएको पर्याप्त अवसरहरू भएको, वृहत्तर जनसङ्ख्याको वासस्थान भएको र तुलनात्मक रूपमा ग्रामीण क्षेत्रभन्दा बढी आर्थिक क्रियाकलाप भएको उन्नत प्रकृतिको बस्ती भन्ने बुझ्न्छि भने विभिन्न कारणहरूले गर्दा कुनै क्षेत्र सहरको रूपमा रूपान्तरण हुने प्रकृया नै सहरीकरण हो । सेवा, सुविधा तथा अवसरहरूको उपलब्धताले ग्रामीण क्षेत्रका मानिसहरूलाई सहरतर्फ आकर्षण गर्दछ जसले गर्दा सहरको आकार क्षेत्र एवम् स्वरूप परिवर्तन हुदै जान्छ यही प्रकृयालाई नै सहरीकरण भनिन्छ । साधारणतया सहरीकरणको प्रकृयालाई दुईवटा सूचकांकबाट हेरिन्छ ।
– सहरी क्षेत्रमा बस्ने जनसङ्ख्याको प्रतिशत र
– सहरमा बस्ने जनसङ्ख्याको वृद्धिदर, 
व्यवस्थित सहरीकरण विकासको सचूाङक् हो भने अव्यवस्थित सहरीकरणले धेरै समस्याहरू पैदा गर्दछ ।  

जनसंख्या
संगठितरूपमा आबद्ध जनसमूह नै जनसङ्ख्या हो । कुनै पनि देशको सीमाभित्र बसोबास गरेका जनताहरूको कूल गणितीय योग नै त्यस देशको जनसङ्ख्या हो । जनसङ्ख्याको आकार,  वनावट, त्यसको प्रवृत्ति, वितरण, जनसङ्ख्याको परिवर्तन सम्बन्धी अध्ययनको विधालाई जनसांख्यिकी (Demography)भनिन्छ । नेपाली बृहद् शब्दकोषले उल्लेख गरे अनुसार जनसाङ्खिकी भन्नाले “जनसङ्ख्या सम्बन्धी आवश्यक तत्वहरूको विवेचना गरिएको शास्त्र, जनसङ्ख्या सम्बन्धी शास्त्र” भनिएको छ । जे होस् जनसाङ्खिकी भित्र जनसङ्ख्या सम्बन्धी सम्पूर्ण विषयहरूको अध्ययन गरिन्छ । यस अध्यायमा नेपालको जनसङ्ख्याको स्वरूपका साथसाथै जनसङ्ख्या परिवर्तनबाट पर्न जाने असर जनसङ्ख्या वृद्धिका कारणहरू लगायतका बिषयमा जानकारी दिइएको छ ।

जनगणना 
कुनै क्षेत्रभित्र निश्चित समयमा बसोवास गरिरहेका सबै व्यक्तिहरूको नामथर, जात/जाति, उमेर, भाषा, धर्म, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाईसराई आदि विवरणहरू संकलन गर्ने र संकलित विवरणलाई प्रशोधन गरी तथ्याङ्क प्रकासन गर्ने प्रकृयालाई जनगणना भनिन्छ । नेपालमा सर्वप्रथम वि.सं. १९६८ मा राष्ट्रिय स्तरमा सेन्सस् गोश्वारा नामक अड्डाले जनगणना सम्बन्धी कार्य गरेको थियो । नेपालको पहिलो राष्ट्रिय जनगणनाले नेपालको जनसङ्ख्या ५६,३८,७४९ रहेको देखाएको थियो  भने केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको एघारौं राष्ट्रिय जनगणना २०६८ ले नेपालको कूल जनसङ्ख्या २,६४,९४,५०४ रहेको देखाएको छ ।  
जनगणना मूलत :  दुई किसिमले लिने गरेको पाइन्छ जुन यसप्रकार छन् :
– बास्तविक उपस्थित विधि,  
– स्थायी बसोबास विधि, 

Post a Comment

0 Comments