वातावरण प्रदुषण


** वातावरणमा रहेको जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरक्रिया एवं अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा ह्रास पुर्‍याउने वा क्षति पुर्‍याउने प्रकृयालाई नै वातावरण प्रदुषण भनिन्छ ।
** वातावरण प्रदुषणलाई वायु प्रदुषण, ध्वनि प्रदुषण, जल प्रदुषण, खाद्य प्रदुषण, औद्योगिक प्रदुषण, भूमि प्रदुषण, विकिरण प्रदुषण गरी विभिन्न भागमा वर्गीकरण गरेको पाइन्छ ।
हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक, रासायनिक तथा जैविक परिवर्तन आई तिनीहरूको गुणस्तरमा ह्रास आउने प्रकृया नै प्रदुषण हो ।
वातावरण प्रदुषणका प्रकारहरू निम्नाअनुसार छन्
** वायु प्रदुषण :– विभिन्न यातायातका साधन, उद्योगधन्दा, कलकारखाना आदिबाट उत्सर्जन हुने धुवाँ तथा विभिन्न ग्याँसहरू मिसिई हुने प्रदुषण नै वायु प्रदुषण हो ।
** जल प्रदुषण :– ढलनिकास, अम्लीय वर्षा, बाढिपहिरो आदिका कारणबाट पानीको स्रोतहरूमा हुने प्रदुषण नै जलप्रदुषण हो ।
** भू–प्रदुषण :– आणविक प्रयोग, किटनाशक औषधि तथा रासायनिक मलको प्रयोग आदिका कारण हुने प्रदुषण नै भू–प्रदुषण हो ।
** ध्वनि प्रदुषण :– सवारी साधन, औद्योगिक प्रतिष्ठान, तोपगोला आदिबाट निस्कने ध्वनिका कारण हुने प्रदुषण ध्वनि प्रदुषण हो ।
** खाद्य प्रदुषण :– खाद्यवस्तुहरूमा विभिन्न अखाद्यवस्तुहरूको मिसावट गरी हुने प्रदुषण खाद्य प्रदुषण हो ।
** विकिरण रेडियोधर्मी प्रदुषण :– युरेनियम, रेडियम आदि तत्वहरूको किरणबाट हुने प्रदुषण नै विकिरण प्रदुषण हो ।
** औद्योगिक प्रदुषण :– विभिन्न उद्योगहरूबाट निस्कने धुवाँ, फोहोरमैला आदिबाट हुने प्रदुषण नै औद्योगिक प्रदुषण हो ।
वातावरण प्रदुषणका कारणहरू लेख्नुहोस् ।
वातावरण प्रदुषणका कारणहरू विभिन्न देश, समय र परिस्थिति बमोजिम फरक–फरक हुने भएतापनि समग्रमा निम्न कारणहरू उल्लेख गर्न सकिन्छ :
** अव्यवस्थित रूपमा अत्याधिक, जनसंख्या वृद्धि,
** वातावरण शिक्षाको कमी एवं जनचेतनाको अभाव,
** अव्यवस्थित औद्योगीकरण एवं सहरीकरण,
** वनजंगलको विनाश ,
** विषादी तथा औषधिहरूको अत्याधिक प्रयोग,
** बातावरण सन्तुलन गर्नेतर्फ लक्ष्यित कानुनको पालनाको अभाव,
** अवैज्ञानिक कृषि प्रणाली, आदि ।
वातावरण प्रदुषणबाट उत्पन्न हुने समस्याहरू लेख्नुहोस् ।
वातावरण प्रदुषणबाट उत्पन्न हुने समस्याहरू:–

** ओजोन तहको विनाश
** विश्वव्यापी उष्णता, हरितगृह प्रभाव,
** बाढी पहिरो, अनावृष्टि, अतिवृष्टि खडेरी र भूक्षय,
** अम्लीय वर्षा,
** जैविक विविधतामा ह्रास,
** आणविक हिउँदको समस्या ,
** कृषि उत्पादनमा ह्रास,
** मानवीय स्वास्थ्य समस्या
वातावरण प्रदुषणको रोकथाम गर्ने उपायहरू लेख्नुहोस् ।
हाल विश्वको जल्दोबल्दो समस्याको रूपमा देखिएको वातावरण प्रदुषण तथा यसबाट उत्पन्न समस्याहरूको रोकथाम गर्न अवलम्वन गर्नुपर्ने उपायहरू निम्न छन् :–
– जनसंख्या व्यवस्थापन कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने ।
– वातावरण शिक्षा र प्रचार–प्रसारमा जोड दिने ।
– व्यवस्थित सहरीकरण तथा उचित बसोबासको व्यवस्था । औद्योगिक र वातावरणबीच समन्वय कायम गर्नुपर्ने,
– वनविनाशलाई नियन्त्रण गरी वृक्षारोपणमा जोड दिनुपर्ने ।
– आणविक, रासायनिक तथा जैविक हातहतियारको उत्पादन, बेचबिखन र प्रयोगमा बन्देज ।
– दीगो विकासको अवधारणालाई आत्मसात गर्नुपर्ने ।
– प्रदुषण मापदण्ड कडाईका साथ लागू गर्नुपर्ने ।
– फोहोरमैलालाई प्रशोधन गरी पुन: प्रयोगमा ल्याउने प्रविधिको विकास र प्रयोग गर्ने ।
पिएम १० भनेको के हो ?
वायु प्रदुषणमा प्रमुख भूमिका रहने धुलाका कणहरूलाई पिएम १० भनिन्छ । विश्व संगठनका अनुसार पिएमको १० को मात्रा २० माइक्रोग्राम प्रति घनमिटरभन्दा कम हुनु पर्छ । काठमाडौं उपत्यका, विश्वका प्रदुषित शहरको रूपमा देखाउने पिएम १० को मात्रा ११८ माइक्रोग्राम प्रतिघनमिटर रहेको छ जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा छ गुणा बढी हुन जान्छ । खासगरी पिएम १० ले वायुमण्डलमा भएको धुलकणको मात्रालाई मापन गर्दछ ।

Post a Comment

0 Comments