विश्वको भूगोल सम्बन्धित सामान्यज्ञान


१) भूगोलका पिता (Father of Geography) भनी कसलाई चिनिन्छ ? – इरेटस्थनिज (Eratosthenes)
२) भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई (भौतिक भुगोल र मानव भूगोल)
३) विश्वको सबैभन्दा ठूलो ताल कुन हो ? – क्यास्पियन ताल (Caspian Sea)
४) एसिया र अफ्रिका महादेशको बीचमा रहेको सागर कुन हो ? – लालसागर (Red Sea)
५) 'विषमताको महादेश' उपनामले चिनिने महादेश कुन हो ? – एसिया (Asia)
६) क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ? – अफ्रिका (Africa)
७) अफ्रिका महादेशको पूर्वमा लालसागर, पश्चिममा आन्ध्र महासागर, उत्तरमा भुमध्यासागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्छ ? –  कुमेरु महासागर (Antarctic Ocean)
८) नाइल नदीको उद्गमस्थल कहाँ हो ? – भिक्टोरिया ताल (रुवान्डा) र ताना ताल (इथियोपिया)
९) क्षेत्रफलका हिसाबले तेस्रो महादेश कुन हो ? – उत्तर अमेरिका (North America)
१०) क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो महादेश कुन हो ? – एसिया (Asia)
११) एसिया र उत्तर अमेरिकालार्ई छुट्याउने जलसंयोजक कुन हो ? – बेरिङ (Bering Sea)
१२) उत्तर अमेरिकाको महादेशको सबैभन्दा ठूलो राष्ट्र कुन हो ? – क्यानडा (Canada)
१३) क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिका महादेशलाई कहिले पत्ता लगाएका हुन ? – सन् १४९२
१४) उत्तर अमेरिका महादेशको पूर्वमा आन्ध्र महासागर, पश्चिममा प्रशान्त महासागर, उत्तरमा सुमेरु महासागर पर्दछ भने दक्षिणी सिमानामा के रहेको छ ? – पानामा नहर (Panama Canal)
१५) दक्षिण अमेरिका महादेशको पश्चिममा प्रशान्त महासागर, पूर्व र उत्तरमा आन्ध्र महासागरकै भाग क्यारेवियन सागर पर्दछ भने दक्षिणमा कुन महासागर पर्दछ ? – कुमेरु महासागर (Antarctic Ocean)
१६) विश्वकै सबैभन्दा बढी कफी उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल (Brazil)
१७) एण्डिज पर्वतमाला कुन देशदेखि कुन देशसम्म फैलिएको छ ? – भेनेजुएलादेखि चिलीसम्म
१८) युरोपको सबैभन्दा लामो हिमनदी कुन हो ? – भंट्नाजोकुल (Vatnajökull)
१९) देशान्तरको हिसाबले यूरोप महादेश पश्चिमी गोलार्धमा पर्छ भने अक्षांंशको हिसाबले यो महादेश कुन गोलार्धमा पर्छ ? – उत्तरी गोलार्ध
२०) युरोप महादेशको उत्तर - दक्षिण लम्बाई कति रहेको छ ? – ३,३४१ किलोमिटर
२१) यूरोप महोशको सबैभन्दा सानो राष्ट्र कुन हो ? – भ्याटिकन सिटी (Vatican City)
२२) विश्वको सबैभन्दा सानो महादेश कुन हो ? – अस्ट्रेलिया (Australia)
२३) अस्ट्रेलिया महादेशका प्रमुख नदीहरु कुनकुन हुन् ? – मरे डार्लिङ, फिटजराय, भिक्टोरिया, व्रिसवेन, गोरकोयन, कुपरक्रिक, मर्चिसन आदि
२४) प्रशान्त महासागरको क्षेत्रफल कति रहेको छ ? – १६ करोड ५७ लाख बर्ग किलोमिटर
२५) पृथ्वीमा कतिवटा महासागर रहेका छन् ? – ५ वटा
२६) प्रशान्त महासागरको आकार कस्तो छ ? – त्रिभुज 
२७) विश्वको दोश्रो गहिरो महासागर कुन हो ? – आन्ध्र महासागर (Atlantic Ocean)
२८) हिन्द महासागर कहाँ अवस्थित छ ? – एसिया, अफ्रिका र अस्टेलिया महादेशको बीचमा
२९) विश्वको चौथो ठूलो सागर कुन हो ? – बेरिङ सागर
३०) उत्तरी ध्रुव पत्ता लगाउने व्यक्ति को हुन् ? – रबर्ट पेरी (Robert Peary)

Post a Comment

0 Comments