यूरोपियन यूनियन

-- क्षेत्रीय तथा आर्थिक सहयोग बढाउने अभिप्रायले पश्चिम यूरोपेली राष्ट्रहरु जर्मनीफ्रान्सवेल्जियमनेदरल्याण्ड,  लग्जम्वर्ग र दक्षिण युरोपियन राष्ट्र इटाली मिलि सन् १९५७ मार्च २५ मा इटालीको रोममा एक सम्झौता पत्रमा हस्ताक्षर गरी सन् १ जनवरी १९५८ मा विधिवतरुपमा स्थापित संस्थानै यूरोपेली आर्थिक समुदाय हो । सन् १९९४ जनवरी १ देखि यस सङ्गठनको नाम यूरोपेली युनियन( EU) राखिएको हो ।
-- यसका सुरुका ६ संस्थापक राष्ट्रहरुलाई Inner Six तथा पछि थप भएका  डेनमार्क,  आयरल्याण्ड,  वेलायतग्रिसस्पेन,  पोर्चुगललाई Outer Sixको रुपमा चिनिन्थ्यो । हाल यस सङ्गठनको सदस्य राष्ट्र हरु २८ पुगेका छन् ।
-- 
यसको प्रधान कार्यालय वेल्जियमको ब्रसेल्समा रहेको छ ।
-- 
सन् १९७५ मा यूरोपेली सङ्घ र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो । यस संस्थाले सन् १९७७ देखि नेपालको विकास निर्माणको कार्यमा सहयोग गर्दै आएको छ । यो संस्था नेपाल विकास मञ्चको पनि सदस्य छ ।

युरोपियन युनियनका प्रमूख अंगहरु

१) यूरोपेली परिषद् ( European Council):
EU 
को सर्वोच्च अंग र सबै सदस्य राष्ट्र«का मन्त्रीस्तरिय प्रतिनिधिहरु रहने र आवश्यक नीति नियमहरुको तर्जुमा गर्ने कार्य गर्ने अंग हो यो ।
२) यूरोपेली आयोग ( European Commission): EU को कार्यकारी अंग हो । यसको मुख्य कार्यहरु अन्तर्गतका सन्धिहरु तथा तिनको कार्यान्वयनको रेखदेख गर्ने हो । यसमा EU का २८ सदस्य राष्ट्रका एक एक जना प्रतिनिधिहरु हुन्छन् । यसको मूख्यालय वेल्जियमको राजधानी ब्रसेल्समा छ ।
३) यूरोपेली संसद ( European Parliament): EU को परामर्श दात्तृ अंग हो । यसको मुख्य काम संघलाई विभिन्न नीति निर्माण र कार्यक्रम तर्जुमामा आवश्यक राय सल्लाह उपलब्ध गराउनु हो ।
४) यूरोपेली न्यायालय (European Court): EU को महत्वपूर्ण निर्णायक अंग हो । यसमा ११ सदस्य र ३ जना अधिवक्ता हुन्छन् । यसले सदस्य राष्ट्र«हरुबीच उत्पन्न विवादलाई समाधान गर्ने र युनियनका अंगद्वारा निर्माण गरिएका सन्धि र नियमहरुको व्याख्या गर्ने कार्य गर्दछ 

युरोपियन सङ्घका उद्धेश्यहरु

हाल विश्वमा रहेका विभिन्न क्षेत्रीय संस्थाहरुमा सबभन्दा शक्तिशाली रुपमा रहेको यूरोपेली सङ्घका प्रमूख उद्धेश्यहरु निम्न छन्ः
क) सन्तुलित र दिगो सामाजिक तथा आर्थिक विकासलाई प्रवद्र्धन गर्नु ।
ख) अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु ।
ग) संघका सदस्य राष्ट्रका जनताको जीवनस्तर सुधार्ने ।
घ) न्यायिक तथा गृह मामला सम्बन्धी विषयमा घनिष्ट सम्बन्ध वृद्धि गर्ने ।
ङ) सामूहिक व्यापारलाई प्रोत्साहित गर्ने ।
च) भन्सार शुल्क एवं ट्यारिफ नीतिमा एकरुपता ल्याई सदस्य राष्ट्रहरुबीच आर्थिक समस्या र व्यवधानहरु कमी गर्ने ।
छ) नागरिकहरुको आर्थिक असमानता हटाउने ।
यूरोपियन युनियनका संस्थापक तथा सदस्य राष्ट्रहरु
युरोपियन युनियनका संस्थापक राष्ट्रहरुः
१)फ्रान्स    २)इटली     ३)जर्मनी    ४)बेल्जियम    ५)नेदरल्याण्ड    ६)लग्जम्वर्ग

Post a Comment

0 Comments