पारिस्थितिक पद्धतिको परिचय र प्रकार तथा जीव भू–रासायनिक चक्र


परिचय
पारिस्थितिक पद्धति भन्नाले एउटा निश्चित क्षेत्रमा रहने जैविक तत्व (जस्तोः प्राणी, वनस्पति, शुष्म जीव जीवात्माहरू) र (अजैविक तत्वहरू जस्तो हावा, पानी, माटो आदि) हरु बीचको  अन्तरसम्बन्धलाई बुझिन्छ । यो शब्द सर्वप्रथम  AG Tansley ले सन् १९३५ मा प्रयोग गरेका थिए । पारिस्थितिक प्रणालीका सबै जैविक वा अजैविक तत्वहरू स्वतन्त्र तर सन्तुलित सम्बन्ध  कायम गरिराखेका हुन्छन् । पारिस्थितिक प्रणाली कुनै एक सानो पोखरी, चौर, तलाउदेखि लिएर विशाल र लाखौं वर्ग कि.मि. फैलिएको पनि हुन सक्छ ।
 
पारिस्थितिक प्रणालीको वर्गीकरण 
१) स्थलीय पारिस्थितिक प्रणाली :  स्थलीय पारिस्थितिक प्रणालीमा मूख्यतया निम्न पारिस्थितिक प्रणाली पर्दछन् । 
क)  वन पारिस्थितिक प्रणाली :  वन, बुट्यान, झाडी लगायतका पैदावारसँग सम्बन्धित पारिस्थितिक प्रणालीलाई वन पारिस्थितिक प्रणाली भनिन्छ । यसमा वन तथा वनस्पति वन्यजन्तुहरू बीचको  सन्तुलित अवस्था पर्दछ । चारकोसे झाडी, विभिन्न निकुन्जमा रहेको वनक्षेत्र तथा हाम्रो वरपरका स–साना वन क्षेत्रमा समेत यो प्रणाली पाइन्छ । 
ख) मरुभूमि पारिस्थितिक प्रणाली : मरुभूमिको ढुङ्गा, बालुवा, माटो, त्यस क्षेत्रमा पाइने काडादार वनस्पति, त्यहाँको सुख्खापन, तातो हावा आदिको संयोजनबाट मरुभूमि पारिस्थितिक प्रणाली  बन्दछ । गोवी, थार, कालाहारी जस्ता मरुभूमिमा यस प्रकारको पारिस्थितिक प्रणाली पाइन्छ । 
ग) घाँसेमैदान पारिस्थितिक प्रणाली :  हरियो घासे मैदान, त्यसमा आश्रृत प्राणीहरू, त्यसक्षेत्रको मनोरम वातावरण आदिद्वारा निर्मित पारिस्थितिक प्रणालीलाई घाँसै मैदान पारिस्थितिक प्रणाली  भनिन्छ । 
घ) पर्वतीय पारिस्थितिक प्रणाली :  पहाड, पर्वत, त्यसमा रहने मानव, अन्य जीवजन्तु, वनस्पति, पहाडबाट बहने नदीनाला, तालआदिको संयोजन नै पर्वतीय पारिस्थितिक प्रणाली हो । 
 
२) जलीय पारिस्थितिक प्रणाली :  जल क्षेत्र, सोसँग रहेको स्थलीय भू–भाग, सोमा बस्ने जलचर, उभयचरहरू त्यस क्षेत्रको जलवायु सहितको प्रणालीलाई जलीय पारिस्थितिक प्रणाली भनिन्छ ।  जलीय पारिस्थितिक प्रणालीलाई सामुद्रिक (Marine) र स्वच्छ जलीय (Fresh Water) पारिस्थितिक प्रणाली गरी विभाजन गर्ने गरिन्छ ।  
क) सामुद्रिक  (Marine) पारिस्थितिक प्रणाली :  विश्वको सबैभन्दा ठूलो पारिस्थितिक प्रणाली हो यो । जसले पृथ्वीको क्षेत्रफलको ७१% भाग ओगट्दछ । ठूलो परिमाणमा नुन, खनिजहरू,  रसायनहरू, जीवहरू, वनस्पतिहरू यो इकोसिस्टममा रहन्छन् । 
ख) स्वच्छ जलीय  (Fresh Water) : पारिस्थितिक प्रणालीः यसमा सुस्त गतिका ताजा पानीका स्रोतहरू (Lentic) जस्तो ताल पोखरी आदि र सिघ्र गतिका पानीका स्रोतहरू (Lotic) जस्तो खोला, नदीहरू आदिको क्षेत्रमा पाइने पारिस्थितिक प्रणाली तथा सिमसार क्षेत्र  (Wetland Area) यो वर्गीकरण अन्तरगत पर्दछन । 
 
पारिस्थितिक प्रणालीका तत्वहरू 
पारिस्थितिक प्रणालीका तत्वहरूलाई  जैविक तत्वहरू र अजैविक तत्वहरूगरि दुई भागमा विभाजन गर्ने गरिन्छ ।
अजैविक तत्वहरू
पारिस्थितिक पद्दतिमा रहेका सम्पुर्ण निर्जिव वस्तुहरू । जस्तै, हावा, पानी, ढुङ्गा, माटो, खनिज, प्राङ्गारिक र अप्राङ्गारिक वस्तु, प्रकाश, तापक्रम, ओसिलोपना आदि ।
 
जैविक तत्वहरू 
पारिस्थितिक प्रणालीका जैविक तत्वहरूलाई तीन प्रकार (जस्तो उत्पादक, उपभोक्ता र विच्छेदक) मा विभाजन गरी समेत अध्ययन गर्ने गरिन्छ। जस्तै, हरिया वनस्पति, जीवजन्तुहरू, ब्याक्टेरिया  फन्जाइ आदि । 
उत्पादक : आफ्नो खाना आफै बनाउन सक्ने हरिया वनस्पति । 
उपभोक्ता : आफ्नो खानाको लागि अरुमा भर पर्ने जीवजन्तुहरू । उपभोक्तालाई पनि प्रथम उपभोक्ता ,द्वितीयक उपभोक्ता र तृतीय उपभोक्ता गरी तीन भागमा विभाजन गरी अध्ययन गर्ने  गरिन्छ :
प्रथम उपभोक्ता :  उत्पादकलाई मात्र खाने शुद्द साकाहारी साना जीव । (जस्तो विरुवा खाने फट्याङ्ग्रा) 
द्वितीय उपभोक्ता :  उत्पादक र उपभोक्ता खाने सर्वहारि जीवहरू । (जस्तो फट्याङ्ग्रा खाने भ्यागुता) 
तृतीय उपभोक्ता :  उपभोक्ता मात्र खाने ठूला मांसाहारी जीवहरू । (जस्तो सर्प जसले भ्यागुतालाई खान्छ) 
विच्छेदक :  उत्पादक र उपभोक्ताको मृत्युपछि यिनिहरूलाई कुहाएर पौष्टिक तत्वहरूलाई वातावरणमा फिर्ता पठाई पारिस्थितिक पद्दतिलाई सन्तुलित गराउन सहयोग गर्ने सूक्ष्म जीव,  ब्याक्टेरिया र फन्जाइलाई विच्छेदक भनिन्छ । 

नेपालको पारिस्थितिक प्रणाली विश्लेषण 
नेपाल एक भूपरिवेष्ठित देश जुन पूर्व पश्चिम ८८५ कि.मि. र उत्तर दक्षिण औसत १९३ कि.मि. क्षेत्रमा गरी १,४७,१८१ वर्ग कि.मि. क्षेत्रफल भएको सानो मुलुक हो । क्षेत्रफलको हिसाबले सानो भैकन  यहाँ हिमाल पहाड र तराइको तिनै थरी पारिस्थितिक प्रणाली रहेको छ । नदी किनार, ताल क्षेत्र आदिमा पाइने सिमसार क्षेत्रका कारण साइवेरियादेखि चराको अस्थायी बसोवास क्षेत्र समेत रहेको  छ । नेपालको कूल क्षेत्रफलको ५ प्रतिशत क्षेत्र (७,४३,५६३ हेक्टर) सिमसार क्षेत्रले ओगटेको छ । 
 
A-biotic Characteristics  
– विश्वको कूल हरित ग्याँसको ०.०२५ प्रतिशत नेपालले खपत गर्ने, 
– नेपालको औषत तापक्रम प्रतिबर्ष ०.०६ डिग्री सेल्सियस बढिरहेको । 
– समग्र बर्षाको ८०% मनसुनबाट हुने ।
– नेपालको अधिकांश भागमा बर्षातको समयमा १५०० मि.मि. देखि २५०० मि.मि. वर्षा हुने वर्षात्को समयमा, तर पोखरामा ४५०० मि.मि.बर्षा हुने – जसलाई नेपालको चेरापूञ्जी पनि भन्ने गरिएको ।  
– नेपालको हिमाली तथा पहाडी भू–बनोटले २/३ भाग ओगटेको । 
– समुद्र सतहदेखि ६० मिटर मात्रको उचाइदेखि सर्वोच्च शिखर ८,८४८ मी सम्म नेपालमा पर्ने ।  
– विश्वकै गहिरो उपत्यका नेपालमा (अरुण उपत्यका) 
– नेपालमा ११८ प्रकारका इकोसिस्टम उपलब्ध छन् । 
 
नेपालको इकोसिस्टममा, 
२९%   Forest Area, 
१०.६%   Shrub land, 
१२%   Grassland 
२१% Farmland 
२.७%  Water body 
७%   Uncultivated area, 
१७.७%  Others
Biotic Characteristics 
– विश्व जनसङ्ख्याको ०.०४ प्रतिशत मानिस बसोवास गर्ने, 
– वातावरणीय सन्तुलनका लागि कुनै पनि मुलुकको कुल क्षेत्रफलको ४३ प्रतिशत वन क्षेत्र आवश्यक पर्नेमा नेपालमा ३९.६ प्रतिशत वन क्षेत्र (बुट्यान सहित), 
– नेपाली जनसङ्ख्याको ठूलो हिस्सा पारिस्थितिक प्रणालीमा निर्भर रहेको छ । कृषिमा निर्भर जनसङ्ख्या मात्र ७३ प्रतिशत जनसङ्ख्या निर्भर हुनुले यसलाई अझ पुष्टि गर्दछ ।   
– Biodiversity Profiles of Nepal 1996 (BPN) अनुसार नेपालमा स्तनधारी जनावर १८१, चरा प्रजाति ८४४, घस्रने जीव १०० प्रजाति, ४३ उभयचर प्रजाति, जलचर  १८५ प्रजाति र ६३५ पुतली प्रजाति रहेको पाइएको छ ।
– मनसुनमा निर्भर खेती प्रणाली रहेको । 

पारिस्थितिक प्रणालीमा खाद्य चक्र (Food Chain) 
पारिस्थितिक प्रणाली अन्तरगत रहेका जैविक तत्वहरूका लागि खाद्यान्नको उपलब्धता जैविक वा अजैविक तत्वबाट पूर्ति हुन्छ । ती तत्वहरूमा पनि कुनै उत्पादक हुन्छ भने कुनै उपभोक्ता  रहन्छन् । उत्पादकदेखि प्रथम उपभोक्ता, द्वितीय उपभोक्ता हुँदै खाद्य शक्तिको प्रसार हुन्छ । यस्तो खाद्य शक्तिको प्रसारण हुने श्रृंखलालाई खाद्य श्रृखला वा खाद्य चक्र भनिन्छ । 
उदाहरणका  लागि सूर्यको प्रकाशको प्रयोग गरी बिरुवाले प्रकाश संश्लेषण प्रक्रियाद्वारा खाना बनाउँछ । बिरुवालाई घाँसको रूपमा जनावर जस्तो भेडा, बाख्राले खान्छन् । भेडा बाख्रालाई अरु हिंस्रक  जनावर जस्तो बाघ, ब्वाँसो आदिले खान्छन् । बाघ वा ब्वाँसोको मृत्यु पश्चात मलको रूपमा बिरुवाले नै उपभोग गर्दछन् । यसरी पारिस्थितिक प्रणालीको एक पात्रबाट अर्कोमा क्रमशःEnergy Transfer हुँदै जाने जुन चक्र बन्छ त्यो नै खाद्य श्रृंखला हो ।

Also read :आसियन
जीव भू–रासायनिक चक्र 
जीव तथा वनस्पतिहरूले विभिन्न रासायनिक पदार्थहरू वातावरणबाट लिने र पुनः वातावरणमा फिर्ता पठाउने प्रकृयाको निरन्तर चक्र नै जीव भू–रासायनिक चक्र हो । जलचक्र, कार्बनचक्र,  अक्सिजन चक्र, नाइट्रोजन चक्र आदि जीव भू–रासायनिक चक्रका उदाहरणहरू हुन् । 

जलचक्र 
जीव तथा वनस्पतिले वातावरणबाट पानी लिने, प्रयोग गर्ने र पुनः वातावरणमा फिर्ता पठाउने प्रकृयानै जलचक्र हो । कार्बन चक्र जीव तथा वनस्पतिले वातावरणबाट कार्बन लिने, प्रयोग गर्ने र पुनः  वातावरणमा फिर्ता पठाउने प्रकृया नै कार्बन चक्र हो  ।
अक्सिजन चक्र 
जीव तथा वनस्पतिले वातावरणबाट अक्सिजन लिने, प्रयोग गर्ने र पुनः वातावरणमा फिर्ता पठाउने प्रकृया नै अक्सिजन चक्र हो । 

नाइट्रोजन चक्र 
जीव तथा वनस्पतिले वातावरणबाट नाइट्रोजन लिने, प्रयोग गर्ने र पुनः वातावरणमा फिर्ता पठाउने प्रकृया ।

Post a Comment

0 Comments