हरितगृह प्रभाव (Green House Effect)
सामान्य शब्दमा Green House एउटा सिसाबाट निर्मित घर हो । जसमा बन्द सिसाको बाकसभित्र सूर्यको ताप र प्रकाश दुवै प्रवेश गर्न सक्ने तर सिसाभित्रको ताप बाहिर आउन नसक्ने अवस्था हुन्छ यसैलाई Green House Effect भनिन्छ ।
– पृथ्वीमा हाल अत्याधिक औद्योगीकरणका कारण सिर्जित कार्बनडाइअक्साइड (Co2), मिथेन (CH2), नाइट्रस अक्साइड जस्ता ग्याँसहरूबाट वायुमण्डलमा एक प्रकारको तहको निर्माण हुन गएको छ । जसको कारण सूर्यको ताप र प्रकाश पृथ्वीमा आउने तर पृथ्वीको ताप वायुमण्डलबाहिर निस्काशन हुन नसक्ने अवस्था उत्पन्न भएको छ । जसको कारण पृथ्वीमा तापक्रम दिन प्रतिदिन बढ्दै भएको छ । यसैलाई Green House Effect भनिन्छ ।
– फ्रान्सका रसायनशास्त्री जिन फेरियरले सन् १८२७ मा Green House Effect भएको पत्ता लगाएका थिए ।
ओजन विनास
– पृथ्वीको सहतभन्दा २५–४० किलोमिटर उचाईसम्मको वायुमण्डलको ग्याँस निर्मित तहलाई ओजन तह भनिन्छ ।
– यो ओजन तहले सूर्यको परावैजनी किरण (Ultraviolet rays) हरूलाई सूर्यबाट सोझै पृथ्वीमा आउनबाट रोकी वातावरण सन्तुलन बनाउन सहयोग गर्दछ ।
– ओजन तहको विनाशले सूर्यको परावैजनी किरण पृथ्वीमा सोझै आई विभिन्न असरहरू जस्तै : छालाको क्यासर, आँखामा मोतिबिन्दु आदि देखा पर्दछन् ।
– क्लोरोफ्लोरो कार्बन (CFC) ओजन तह विनाश गर्ने प्रमुख ग्याँस हो भने अन्यमा नाइट्रस अक्साइड, आर्गन, मिथेन जस्ता दुषित ग्याँसहरू हुन् ।
– ओजन तहको खोजी गर्ने वैज्ञानिक J.C Farman बल हुन् ।
अम्लीय वर्षा (Acid Rain)
विभिन्न प्रकारले उत्पन्न भएका धुवाँमा नाइट्रोजन, Sulphurdioxide, कार्बनडाइअक्साइड जस्ता ग्याँसहरू हुन्छन् । यी ग्याँसहरू वायुमण्डलमा रहेको जलवाष्पसँग घुल्दा अम्ल (Acid) बन्दछ । सोही अम्ल पृथ्वीमा पानी वा असिनाको रूपमा वर्षन्छ । यसैलाई अम्लीय वर्षा भनिन्छ ।
– यस्तो वर्षाले पृथ्वीमा रहेका समस्त प्राणी तथा वनस्पति, भौतिक निर्माण तथा माटोको उर्वरा शक्तिलाई समेत असर पु¥याएको हुन्छ ।
– अम्लीय वर्षाको बारेमा जानकारी गराउने पहिलो वैज्ञानिक Robert Angus Smith हुन् उनले सन् १९५२ मा यस बारेमा उल्लेख गरेका थिए ।
Stone Cancer
– विभिन्न किसिमका आणविक विस्फोट र घातक रासायनिक हातहतियार प्रयोग भएको ठाउँमा लामो समयसम्म वनस्पति तथा जीवजन्तुहरूको अस्तित्व नहुनु तथा वातावरण प्रदुषणको कारणले नकारात्मक असर पर्नुलाई स्टोन क्यान्सर भनिन्छ ।
– दोस्रो विश्वयुद्धको बेला जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाद्वारा गराइएको आणविक विस्फोटका कारण त्यहाँ यही अवस्था देखा परेको थियो ।
0 Comments