जैविक विविधता

पृथ्वीमा रहेका सम्पूर्ण जीवित प्राणी तथा वनस्पतिबीचको भिन्नता, प्रकार, तिनीहरूको जम्मा सङ्ख्या र तिनीहरूबीचको संयोजनलाई जैविक विविधता भनिन्छ । कुनै स्थानको जैविक विविधता  भन्नाले प्रतिएकाई क्षेत्रमा रहेका जीवाणु, वंशाणु, प्राणी, वनस्पति र त्यहाँको पारिस्थितिक प्रणालीलाई जनाउँछ । जैविक विविधता विभिन्न ठाउँ र बासस्थान अनुसार फरक–फरक हुन्छ ।  
– प्राकृतिक सन्तुलन कायम राखी पृथ्वीलाई जीवन्त र दिगो बनाइराख्न जैविक विविधताको संरक्षण गर्न अत्यावश्यक छ । 
– सन् १९८०को दशकमा जैविक विविधता भन्ने शब्द प्रयोगमा आएको पाइन्छ । यस्तै सन. १९९२मा रियो दी जेनेरियोमा भएको पृथ्वी शिखर सम्मेलन, सन् १९९७ मा भएको क्योटो प्रोटोकल जैविक विविधता संरक्षणमा कोशेढुङ्गा सावित भएका छन् । 
– हाल विश्वमा रामसार सन्धि अनुसारका सिमसार तथा रामसार क्षेत्रहरू थपिदै गएका, विश्व सम्पदा सूचीमा राष्ट्रिय निकुञ्जहरू सूचीकृत भएका पशुपंक्षी, चराचुरूङ्गीको संरक्षणमा जनचेतना अभिवृद्धि हुँदै गएकाले जैविक विविधता संरक्षण प्रति विश्व मानव समुदाय उन्मुख भएको पाइन्छ ।
 
जैविक विविधताको प्रकार 
जैविक विविधतालाई तीन तहमा वर्गीकरण गर्न सकिन्छ । 
१. पारिस्थितिक प्रणाली विविधता  
२. प्रजातिबीचको विविधता  
३. वंशाणुगत विविधता

पारिस्थितिक प्रणाली विविधता 
प्राणी, वनस्पति र सूक्ष्म जीवाणुहरूको समुदाय र तिनीहरूको अजैविक वातावरणसँगको अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली (Ecosystem)भनिन्छ ।  विभिन्न पारिस्थितिक प्रणालीवीचको विविधतालाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ ।
– यो जैविक अजैविक तत्वबीचको अन्तरसम्बन्ध हो ।
– पारिस्थितिक प्रणाली सापेक्ष जैविक तत्वमा आउने फरकपनलाई पारिस्थितिक प्रणाली विविधता भनिन्छ । नेपालको तराई क्षेत्र र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरू बीच देखिने फरकपन वा विविधता नै पारिस्थितिक प्रणाली विविधताको राम्रो उदाहरण हो । 
 
प्रजाति विविधता 
– एक आपसमा प्रजनन् गर्न सक्षम जीवहरूको समूहलाई प्रजाति भनिन्छ ।
– प्रजाति अन्तर्गत मानिस, चराचुरूंगी, सम्पूर्ण जनावर, वनस्पति पर्दछन् । अथवा प्राणी तथा वनस्पतिको विभिन्न प्रजातिहरू पर्दछन् । 
– पृथ्वीमा विभिन्न जीवजन्तु र वनस्पतिका प्रजातिमा भएको विविधतालाई प्रजाति विविधता भनिन्छ । 
– नेपाललाई प्रजातीय विविधताको दृष्टिले विश्वमा धनी देश मानिन्छ  । 
 
वंशाणुगत विविधता 
– जीवित वस्तुभित्रको वंश पैदा गर्ने तत्व अथवा सूक्ष्म जीवाणुको विविधता र प्रकारलाई वंशाणुगत विविधता भनिन्छ । 
– एउटै प्रजातिभित्र विभिन्न गुणहरू अटाउनु वंशाणुगत विविधता हो । 
– वंशाणुगत विविधता जीन (DNA) का कारणले हुने गर्दछ । जसले पुर्खौली गुणहरू भावी सन्ततिमा स्थानान्तरण गर्ने गर्दछ ।
– प्रजाति विशेषमा देखिने मुख्य भिन्नता वंशाणुगत भिन्नताका कारणले हुने गर्दछ । 

Post a Comment

0 Comments