आसियन

आसियन
सन् १९६७ अगष्ट ८ मा दक्षिण पूर्वी एशियाली राष्ट्रहरु थाइलैण्ड ,मलेशियाइण्डोनेशियाफिलिपिन्स र सिङगापुर मिली आपसी सहयोगी र उन्नती गर्ने प्रमुख उद्देश्यले थाइल्याण्डको राजधानी वैङककमा एक सम्झौतामा हस्ताक्षर गरी विधिवत स्थापना भएको सङ्गगठन नै आसियान (Associoation of South East Asian Nation(ASEAN) हो । यसमा पछि ब्रुनाईभियतनामम्यानमारलाओस र कम्बोडियाले सदस्यता लिएपछि हाल यस सङ्गठनमा दस सदस्य राष्ट्रहरु छन् । यसको प्रधान कार्यालय इन्डोनेशियाको जाकार्तामा रहेको छ ।
सदस्य राष्ट्रहरु (१० वटा)

• संस्थापक राष्ट्रहरु
१) इण्डोनेशिया     २) थाइल्याण्ड      ३) मलेसिया         ४) फिलिपिन्स        ५) सिङ्गापुर
• पछि सदस्यता लिएका राष्ट्रहरु
६) ब्रुनाई सन् १९८४  ७) भियतनाम सन् १९९५   ८) म्यान्मार – सन् १९९७    ९) लाओस सन् १९९७    १०) कम्बोडिया सन् १९९९

आसियनका उद्देश्यहरु,सहयोगका क्षेत्रहरु तथा प्रमुख अंगहरु
आसियनका उद्देश्यहरु
1. सदस्य राष्ट्रहरुमा आर्थिक ,सामाजिक ,सांस्कृतिक ,प्रशासनिक क्षेत्रमा सहयोगको विस्तार गरी गति दिने ।
2. दक्षिण पुर्वी एसियाली क्षेत्रमा शान्ति स्वतन्त्रता,तटस्थता कायम राख्ने ।
3. आर्थिक प्रगति र स्थिरता कायम राख्ने ।
4. क्षेत्रीय सहयोग विस्तार गरी प्रावधिक क्षेत्रमा सहयोग बढाउने ।
5. सामूहिक सुरक्षालाई सुदृढ गरी बलियो बनाउने ।
आसियानका सहयोगका क्षेत्रहरु
१) खाद्य ,कृषि र वन   २) वाणिज्य र व्यापार       ३) बैंकिङ्ग र पर्यटन        ४) खनिज र ऊर्जा        ५) उद्योग            ६) जलवायु
७) यातायात र सञ्चार    ८) सामाजिक विकास        ९) सूचना र संस्कृति १०) विज्ञान र प्रविधि      ११) शिपिङ् र फिसिङ्
१२) खाद्य संरक्षण भण्डार    १३) योजना समन्वय र बजेट १४) लागू पदार्थ र यसको ओसार पसार नियन्त्रण
आसियानका प्रमुख अंगहरु
• सरकार वा राज्य प्रमुखहरुको वैठक
• विदेश मन्त्रिहरुको वैठक
• सचिवालय
आशियन प्लस थ्री
निम्न राष्ट्रहरु आशियन प्लस थ्री अन्तरगत पर्दछन् ।
क) चीन
ख)जापान
ग)दक्षिण कोरिया

Post a Comment

0 Comments