दिगो विकास

दिगो विकासको अवधारणा ब्रुटल्यान्ड कमिशनले हाम्रो साझा भबिष्य नामक प्रतिवेदनमा सन् १९८७मा प्रयोगमा ल्याएको शब्दावली हो । बिकाशोन्मुख राष्ट्रमा विकासको स्तर न्यून हुनु तथा  दिर्घकालिन विकासका पक्ष तथा त्यसको प्रभावलाई बेवास्ता गरिनुले बिश्वब्यापि रूपमा चासो पाएको स्थितिमा विकासलाई दिगो रूपमा हासिल गरिनु पर्छ, आजको विकास भोलिको पुस्ताको  लागि बिनासको कारण बन्नु हुँदैन, अर्थात एक पुस्ताले विकासका कार्य गर्दा अर्को पुस्ताको आवश्यकता हरण हुनु हुँदैन भन्ने नै दिगो विकासको अवधारणाको मूल आसय हो । 
Sustinable Development means meeting the needs of the present generations without compromising the needs of future generations.
 
दिगो विकासका सिद्धान्तहरू 
– पारिस्थितिक पद्धतिको संरक्षण 
– समाजको दिगो विकास 
– मानवीय श्रोतको विकास 
– जैविक विविधताको संरक्षण 
– जनसङ्ख्या नियन्त्रण
– पृथ्विको बहन क्षमतामा ध्यान दिने 
– सांस्कृतिक सम्पदाको संरक्षण 
– जनसहभागितामा वृद्धि
 
दिगो विकासका विभिन्न आयामहरू 
आर्थिक आयामः आर्थिक क्षमताले भ्याउने मात्र विकास गर्नु पर्छ । स्रोतको सिर्जनामा निरन्तरता हुने कार्य मात्र दिगो विकासका हिसाबले उत्तम मानिन्छ । 
सामाजिक आयामः सामाजिक न्याय,  समता र समानता कायम गरिने गरी विकास कार्य गरिनु पर्छ । 
सांस्कृतिक आयाम : सांस्कृतिक सम्पदा मूल्य र मान्यताको संरक्षण गरिनु पर्छ । 
वातावरणीय आयाम : वातावरण संरक्षण,प्राकृतिक वातावरण अनुकूल ब्यवहार, नबिकृत स्रोतको उपयोगमा ध्यान दिइनु पर्छ । 
प्रविधिक आयाम : क्षेत्र सुहाउँदो प्रविधि, उपयुक्त प्रविधिको विकासमा जोड दिइनु पर्छ ।
मानवीय आयाम : मानवीय क्षमता विकास, मानवाधिकारमा जाडे दिनेभएमा मात्र विकास  दिगो हनु सक्छ । 
राजनैतिक वा शासकीय आयाम : स्वच्छ र छरितो सरकार,शासकीय प्रणालीमा सरकारको स्वनियन्त्रण, राजनैतिक स्थिरता र स्थायित्व भएमा मात्र विकास दिगो हुन्छ । 
 
दिगो विकासका लागि बिश्वब्यापी प्रयास 
1.  सन् १९७१ हेल्सिन्की सम्मेलन
2.  सन् १९७२ मा UNEP को स्थापना, 
3.   सन् १९८३ मा ब्रुटल्यान्ड कमिशनको गठन, 
4.  सन् १९८७ मा ब्रुटल्यान्ड कमिशनद्वारा Our Common Future नामक प्रतिवेदन पेश गरी दिगो विकास र गरिवी निवारणका पक्षमा जोड दिएको छ। 
5.  सन् १९२२ मा पृथ्वी शिखर सम्मेलन गरी एजेन्डा २१को सार्वजनिक गरियो । 

Post a Comment

0 Comments