जनसंख्या, शहरीकरण र बसोबास (बसाइँसराई)

जनसंख्या
संगठितरूपमा आबद्ध जनसमूह नै जनसङ्ख्या हो । कुनै पनि देशको सीमाभित्र बसोबास गरेका जनताहरूको कूल गणितीय योग नै त्यस देशको जनसङ्ख्या हो । जनसङ्ख्याको आकार,  वनावट, त्यसको प्रवृत्ति, वितरण, जनसङ्ख्याको परिवर्तन सम्बन्धी अध्ययनको विधालाई जनसांख्यिकी (Demography)भनिन्छ । नेपाली बृहद् शब्दकोषले उल्लेख गरे अनुसार जनसाङ्खिकी भन्नाले “जनसङ्ख्या सम्बन्धी आवश्यक तत्वहरूको विवेचना गरिएको शास्त्र, जनसङ्ख्या सम्बन्धी शास्त्र” भनिएको छ । जे होस् जनसाङ्खिकी भित्र जनसङ्ख्या सम्बन्धी सम्पूर्ण विषयहरूको अध्ययन गरिन्छ । यस अध्यायमा नेपालको जनसङ्ख्याको स्वरूपका साथसाथै जनसङ्ख्या परिवर्तनबाट पर्न जाने असर जनसङ्ख्या वृद्धिका कारणहरू लगायतका बिषयमा जानकारी दिइएको छ ।

जनगणना 
कुनै क्षेत्रभित्र निश्चित समयमा बसोवास गरिरहेका सबै व्यक्तिहरूको नामथर, जात/जाति, उमेर, भाषा, धर्म, नागरिकता, शिक्षा, वैवाहिक स्थिति, जन्म, मृत्यु, पेशा, व्यवसाय, बसाईसराई आदि विवरणहरू संकलन गर्ने र संकलित विवरणलाई प्रशोधन गरी तथ्याङ्क प्रकासन गर्ने प्रकृयालाई जनगणना भनिन्छ । नेपालमा सर्वप्रथम वि.सं. १९६८ मा राष्ट्रिय स्तरमा सेन्सस् गोश्वारा नामक अड्डाले जनगणना सम्बन्धी कार्य गरेको थियो । नेपालको पहिलो राष्ट्रिय जनगणनाले नेपालको जनसङ्ख्या ५६,३८,७४९ रहेको देखाएको थियो  भने केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको एघारौं राष्ट्रिय जनगणना २०६८ ले नेपालको कूल जनसङ्ख्या २,६४,९४,५०४ रहेको देखाएको छ ।  
जनगणना मूलत :  दुई किसिमले लिने गरेको पाइन्छ जुन यसप्रकार छन् :
– बास्तविक उपस्थित विधि,  
– स्थायी बसोबास विधि, 
हालसम्मका जनगणना अनुसार नेपालको जनसङ्ख्याको आकार 
राष्ट्रिय जनगणना २०६८ सँग सम्बन्धित महत्वपूर्ण विवरणहरू 
• नेपालको कुल जनसङ्ख्या – २,६४,९४,५०४ 
• पुरूष – १,२८,४९,०४१ (४८.५० %) 
• महिला – १,३६,४५,४६३ (५१.५० %) 
• लैङ्गिक अनुपात प्रति १०० महिलामा ९४.१६ पुरूष 
• बार्षिक जनसङ्ख्या वृद्धिदर – १.३५% यो वृद्धिदर अनुसार नेपालको  जनसङ्ख्या ५२ वर्षमा दोब्बर हुने देखिन्छ ।
• कुल परिवार सङ्ख्या  – ५४,२७,३०२ 
• औषत परिवार सङ्ख्या – ४.८८ जना (रौतहट जिल्लामा सबैभन्दा बढी ६.४४ र कास्की जिल्लामा सबैभन्दा कम ३.९२ जना) 
• ग्रामीण जनसङ्ख्या – ८२.९३% (२,१९,७०,६८४) 
• शहरी जनसङ्ख्या – १७.०७ % (४५,२३,८२०) हाल २१७ नगरपालिका भइसकेपश्चात् यो प्रतिशत परिवर्तन भएको छ)
• नेपालको साक्षरता ५ वर्ष माथिको : ६५.९% कूल साक्षर मध्ये ३९% प्राथमिक तह उत्तिर्ण, २०.३% निम्न माध्यमिक तह उत्तिर्ण र १०.२ प्रतिशत 
 
एस.एल.सी भन्दा माथिल्लो तह उत्तिर्ण
• पुरूषको साक्षरता दर : ७५.१% 
• महिलाको साक्षरता दर : ५७.४% 
• विदेशिने नेपालीको सङ्ख्या – १९ लाख २१ हजार ४ सय ९४२०५८ सालको जनगणनाले ७ लाख ६२ हजार १ सय ८१ रहेको देखाएको) 
• औषत परिवार सङ्ख्या कम भएको जिल्ला  कास्की ३.९२ 
• सूचीकृत भएका जातजाति सङ्ख्या  १२५ (अघिल्लो राष्ट्रिय जनगणनामा १०० मात्र) 
• उल्लेखित भएको मातृभाषाको सङ्ख्या  १२३ (अघिल्लो राष्ट्रिय जनगणनामा ९२ मात्र) 
• उल्लेख भएका धर्मावलम्बी– १०
• आफ्नै स्वामित्वको घरमा वसोवास गर्ने परिवार८५.२६% र भाडाको घरमा बसोबास गर्ने १२.८१% 
• शहरी क्षेत्रमा भाडाको घरमा  वसोवास गर्ने परिवार ४०.२२% 
• राष्ट्रिय जनगणना २०६८ अनुसार रेडियो, टेलिभिजन, केवुल टेलिभिजन, कम्प्यूटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, मोटर, मोटरसाईकल, साइकल, अन्य सवारी साधन र रेफ्रिजेरेटर मध्ये कम्तीमा एक सुविधा उपलब्ध हुने परिवार कुल परिवार सङ्ख्याको ८४.५६% छन् भने कुनै पनि सुविधा उपलब्ध नभएका परिवार १३.६९% 
• धारा र पाइपबाट पिउने पानी उपभोग गर्ने जनसङ्ख्या ४७.७८%  खाना पकाउन काठ/दाउरा/प्रयोग गर्ने परिवार  ६४%
• एलपी ग्याँस प्रयोग गर्ने परिवार  २१.०३% 
• विजुली वत्ती प्रयोग गर्ने परिवार  ६७.२६% (२०५८ सालको जनगणनाअनुसार ३९.८% रहेको) 
• वत्ती बाल्न मट्टितेल प्रयोग गर्ने – १८.२८% (२०५८ सालको जनगणनाअनुसार ५७.७०% रहेको)
• रेडियो प्रयोग गर्ने परिवार – ५०.८२% 
• कम्प्यूटर प्रयोग गर्ने परिवार – ७.२८%  
• इन्टरनेट प्रयोग गर्ने परिवार – ३.३३% 
• टेलिफोन प्रयोग गर्ने – ७.३७% 
• मोबाइल फोन प्रयोग गर्ने – ६४.६३% 
• टेलिभिजन प्रयोग गर्ने परिवार ३६.४५% 
• सबैभन्दा धेरै जनसङ्ख्या वृद्धिदर भएका ५ जिल्लाहरू क्रमशस् काठमाडौं, ललितपुर, भक्तपुर, कालिकोट र कास्की 
• सबैभन्दा कम जनसङ्ख्या वृद्धिदर भएका ५ जिल्लाहरू क्रमशस् मनाङ्ग, खोटाङ, मुस्ताङ्ग, तेह्रथुम र भोजपुर,
• आफू वसिरहेको घरमा शौचालय सुविधा नभएका परिवार –३८.१७ % 
• महिलाको नाममा घर वा जग्गा राखेका परिवार  १९.७१%
• महिला परिवार घरमूली रहेको परिवार  २५.७३% 
• १० वर्ष माथिका विवाहित  ५७.५% 
• १५–१९ वर्षको उमेरमा विवाह गर्ने ४८.९% 
• कुनै न कुनै रूपमा अपाङ्गता भएको जनसङ्ख्या १.९४% 
 
धेरै जनसङ्ख्या भएको जिल्ला 
काठमाडौं – १७,४४,२४० जना, वृद्धिदर (४.७८ %) 
कम जनसङख्या भएको जिल्ला मनाङ्ग – ६,५३८ जना जसको जनसङ्ख्या  वृद्धिदर (३.८३ %) 
नेपालको जनघनत्व – १८० जना प्रतिवर्ग किलोमिटर 
शहरी जनघनत्व – १३८१ जना प्रतिवर्ग किलोमिटर 
ग्रामीण जनघनत्व – १५३ जना जना प्रतिवर्ग किलोमिटर
सबैभन्दा वढी जनघनत्व भएको जिल्ला काठमाडौं – ४४१६ जना प्रति वर्ग किलोमिटर 
सबैभन्दा कम जनघनत्व भएको जिल्ला मनाङ्ग – ३ जना प्रति वर्ग किलोमिटर 
 
उमेरगत विभाजन 
१४ वर्ष वा सो भन्दा कम उमेर समूह – ३४.९१% 
१५ वर्षदेखि ५९ वर्ष उमेर समूह – ५६.९६ % 
६० वर्ष वा सो भन्दा बढी उमेर समूह – ८.१३ % 
 
११ औं राष्ट्रिय जनगणना, २०६८ मा जनसङ्ख्याको क्षेत्रगत वितरण जनसङ्ख्या
 
११ औं राष्ट्रिय जनगणना, २०६८ अनुसार जातिगत आधारमा धेरै जनसङ्ख्या रहेका १० जातिहरू
 
११ औं राष्ट्रिय जनगणना, २०६८ अनुसार सबभन्दा थोरै जनसङ्ख्या भएका पाँच जातिहरू
 
११ औं राष्ट्रिय जनगणना, २०६८ अनुसार मातृभाषाका आधारमा धेरै जनसङ्ख्या रहेका प्रमुख मातृभाषीहरू 
नेपाली – ४४.६ % 
मैथिली – ११.७ % 
भोजपुरी – ६ % 
थारू   – ५.८ % 
तामाङ्ग – ५.१ % 
नेवार – ३.२ % 
बज्जिका – ३ % 
मगर – ३ % 
डोटेली – ३ % 
उर्दु – २.६ % 
नागमेसे – ५ जना (सबैभन्दा थोरै मातृभाषी) 

११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार धार्मिक आधारमा धेरै जनसङ्ख्या रहेका प्रमुख धार्मिक सम्प्रदायहरू
हिन्दू  –  ८१.३% 
बौद्ध  –  ९%
इस्लाम  –  ४.४% 
किराँत  –  ३.१% 
क्रिश्चियन –  १.४%
प्रकृति –  ०.५% 
बोन –  १३,००६ जना 
शिख – ६०९ जना (सबैभन्दा थोरै जनसङ्ख्याले मान्ने धर्म) 

राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा धेरै र थोरै जनघनत्व भएका ५ जिल्लाहरू 
 
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार जनसङ्ख्याका आधारमा धेरै जनसङ्ख्या भएका जिल्लाहरू 
काठमाडौं :  १७,४४,२४० 
मोरङ्ग :  ९,६५,३७० 
रूपन्देही :  ८,८०,१९६ 
झापा :  ८,१२,६५० 
कैलाली : ७,७५,७०९
 
११ औं राष्ट्रिय जनगणना २०६८ अनुसार जनसङ्ख्याका आधारमा थोरै जनसङ्ख्या भएका जिल्लाहरू
मनाङ्ग : ६,५३८ 
मुस्ताङ्ग : १३,४५२ 
डोल्पा : ३६,७०० 
रसुवा : ४३,३०० 
हुम्ला : ५०,८५८
 
शहरीकरण 
सहर भन्नाले भौतिक एवम् सामाजिक पूर्वाधारको विकास भएको पर्याप्त अवसरहरू भएको, वृहत्तर जनसङ्ख्याको वासस्थान भएको र तुलनात्मक रूपमा ग्रामीण क्षेत्रभन्दा बढी आर्थिक क्रियाकलाप भएको उन्नत प्रकृतिको बस्ती भन्ने बुझ्न्छि भने विभिन्न कारणहरूले गर्दा कुनै क्षेत्र सहरको रूपमा रूपान्तरण हुने प्रकृया नै सहरीकरण हो । सेवा, सुविधा तथा अवसरहरूको उपलब्धताले ग्रामीण क्षेत्रका मानिसहरूलाई सहरतर्फ आकर्षण गर्दछ जसले गर्दा सहरको आकार क्षेत्र एवम् स्वरूप परिवर्तन हुदै जान्छ यही प्रकृयालाई नै सहरीकरण भनिन्छ । साधारणतया सहरीकरणको प्रकृयालाई दुईवटा सूचकांकबाट हेरिन्छ ।
– सहरी क्षेत्रमा बस्ने जनसङ्ख्याको प्रतिशत र
– सहरमा बस्ने जनसङ्ख्याको वृद्धिदर, 
व्यवस्थित सहरीकरण विकासको सचूाङक् हो भने अव्यवस्थित सहरीकरणले धेरै समस्याहरू पैदा गर्दछ ।  

बसोबास (बसाइँसराई) 
गाँस, बास, कपासलाईआधारभूत आवश्यकता मानिएको आधारलाई हेर्दा मानिसको बसोवासको बिषय प्राथमिकताको बिषयमा पर्दछ । बसोवासको निश्चितता पश्चातनै उसले अन्य जीवीकाका कार्यहरू गर्न सक्दछ । बसोवासकै आधारमा अन्य उपार्जनका कार्य गर्न पनि आधार तय हुन्छ । बसोवास दुई किसिमले गरिन्छ ।  १) अस्थायी बसोवास,  २) स्थायी बसोवास 
मानिस आफ्नो घर समाज संस्कार र अचल सम्पत्ति आदिको आधारमा स्थायी बसोवास क्षेत्र निर्धारण गर्दछ भने अध्ययन, उपार्जन वा अन्य कारणले अस्थायी बसोवास गर्दछ । सामान्यतया ग्रामीण क्षेत्रमा स्थायी बसोवास भएको ब्याक्ति शहरी क्षेत्रमा अस्थायी बसोवास गर्ने, शहरी क्षेत्रमा स्थायी बसोवास भएको बासिन्दा अझ सुविधा सम्पन्न र अवसर भएका बिश्वका अन्य देशमा अस्थायी बसोवास गर्ने प्रबृत्ति देखिन्छ । कम सुविधा र अवसर भएको स्थानबाट बढी सुविधा र अवसर भएको स्थानमा बसोवास स्थानान्तरण गर्ने कार्य पनि भैरहेको हुन्छ ।
 
बसाइँसराई 
सामान्यतया एक बासस्थानबाट अन्य बासस्थानमा सर्ने प्रक्रिया नै बसाइँसराई हो । १० वर्ष वा सोभन्दा बढी समयसम्म बसाई सर्ने कार्यलाईस्थायी बसाइँसराई भनिन्छ । बसाइँसराई हुनका लागि न्यूनतम जिल्लास्तरको राजनीतिक क्षेत्र पार गर्नुपर्दछ । 
राष्ट्रिय सीमानाका हिसाबले बसाइँसराई २ प्रकारका हुन्छन्        
१. आन्तरिक  २. अन्तर्राष्ट्रिय 
समयावधिका आधारमा बसाइँसराई ३ प्रकारका हुन्छन् : 
१. स्थायी,   २. अस्थायी,   ३. आवधिक, 
 
बराइँसराईका  कारणहरू के–के हुन् ? 
बसाइँसराईका कारणहरूमा मुख्य दुई तत्वहरू रहेको पाइन्छ  :– 
१. Push Factors (विकर्षण तत्वहरू) बसेको ठाउँको विकर्षण 
२. Pull Factors (आकर्षण तत्वहरू) जाने ठाउँको आकर्षण 
 
Push Factors 
आफ्नो बासस्थानमा भएका विभिन्न समस्या र बाधा अड्चनहरूका कारण अर्को स्थानमा बसाई सर्नुपर्ने कारणहरूलाई विकर्षण तत्व भनिन्छ । त्यसमा निम्न कुराहरू पर्दछन्  :– 
क. अशान्ति तथा द्वन्द्वको अवस्था (असुरक्षा)   ख. बेरोजगारी, 
ग. सामाजिक–आर्थिक विकासका पूर्वाधारको कमी,  घ. उच्च शैक्षिक योग्यता प्राप्त गर्ने चाहना, 
ङ. दैवी प्रकोपबाट उत्पन्न समस्या आदि ।

Pull Factors
कुनै पनि स्थानमा रहेका सेवा, सुविधा तथा अन्य कुराहरूप्रति आकर्षण भई सो स्थानमा बसोबास गर्न लालायित भई गरिने बसाइँसराई आकर्षण तत्वबाट प्रभावित भएको हुन्छ । यी तत्वहरूमा निम्न पर्दछन्  : 
– सुरक्षाको निश्चितता, 
– रोजगारीको अवसरहरूको उपलब्धता, 
– सामाजिक–आर्थिक  विकास,  
– साथीभाई तथा आफन्तको उपस्थिति,  
– उच्च शिक्षा हासिल गर्ने अवसर आदि 

Post a Comment

0 Comments