प्रदुषण परिचय
कुनै पनि प्राकृतिक तथा मानवनिर्मित वातावरण, संरचना वा क्षेत्रमा फोहोर, दुर्गन्ध वा अनाबश्यक तत्वले मानव स्वास्थ्यमा प्रभावपार्नु, कार्यमा अवरोध सिर्जना गर्नु वा प्रतिकूल असर गर्ने अवस्थाको सिर्जना हुनु नै प्रदुषण हो ।
बृहद् नेपाली शब्दकोषका अनुसारःप्रदुषण भन्नाले “दुषित पार्ने कार्य, दोषयुक्त पार्ने काम वा रोग ब्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानी गर्ने तत्वको सराइ ” भनी उल्लेख गरिएको छ ।
वातावरण प्रदुषण
वातावरणमा रहको जैविक तथा अजैविक अवयवहरूबीचको अन्तरक्रिया एवम् अन्तरसम्बन्धमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवतर्न गरी वातावरणमा ह्रास पु¥याउने वा क्षति पु¥याउने प्रक्रियालार्इ नै वातावरण प्रदुषण भनिन्छ ।
– वातावरण प्रदुषणलाई वायु प्रदुषण, ध्वनि प्रदुषण, जल प्रदुषण, खाद्य प्रदुषण, औद्योगिक प्रदुषण, भूमि प्रदुषण, विकिरण प्रदुषण गरी विभिन्न भागमा वर्गीकरण गरेको पाइन्छ ।
– हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक, रासायनिक तथा जैविक परिवर्तन आई तिनीहरूको गुणस्तरमा ह्रास आउने प्रकृया नै वातावरण प्रदुषण अथवा वातावरणीय ह्रास हो ।
वातावरण प्रदुषणका प्रकारहरू
वायू प्रदुषण : वायुमण्डलमा हुने प्रदुषण नै बायु प्रदुषण हो । विभिन्न यातायातका साधन, उद्योगधन्दा, कलकारखाना आदिबाट उत्सर्जन हुने धुवाँ तथा विभिन्न ग्याँसहरू नै वायु प्रदुषणको प्रमुख कारण हो ।
जल प्रदुषण : ढलनिकास, अम्लीय वर्षा, बाढिपहिरो आदिका कारणबाट पानीको स्रोतहरूमा हुने प्रदुषण नै जलप्रदुषण हो ।
भू–प्रदुषण : आणविक प्रयोग, किटनाशक औषधि तथा रासायनिक मलको प्रयोग आदिका कारण भूमीको उर्वराशक्ति वा यसको प्रकृतिक क्षमतामा आउने ह्रास नै भू–प्रदुषण हो ।
ध्वनि प्रदुषण : सवारी साधन, औद्योगिक प्रतिष्ठान, तोपगोला आदिबाट निस्कने ध्वनिका कारण हुने प्रदुषणध्वनि प्रदुषण हो ।
खाद्य प्रदुषण : खाद्यवस्तुहरूमा विभिन्न अखाद्य वस्तुहरूको मिसावट गरी हुने प्रदुषण खाद्य प्रदुषण हो ।
विकिरण (रेडियोधर्मी) प्रदुषण : युरेनियम, रेडियम आदि तत्वहरूको किरणबाट हुने प्रदुषण नै विकिरण प्रदुषण हो ।
औद्योगिक प्रदुषण : विभिन्न उद्योगहरूबाट निस्कने धुवाँ, फोहोरमैला आदिबाट हुने प्रदुषण नै औद्योगिक प्रदुषण हो ।
नेपालमा ध्वनि प्रदुषण सम्बन्धी राष्ट्रिय मापदण्ड
विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले वि.सं. २०६९ कात्तिक १३मा राजपत्रमा सूचना प्रकाशित गरी ६ क्षेत्रमा निर्धारण गरेको ध्वनिको राष्ट्रिय मापदण्ड देहाय बमोजिम छ :
– औद्योगिक क्षेत्रमा दिनमा ७५ डेसिबल, रातमा ७० डेसिबल,
– व्यापारिक आवास क्षेत्रमा दिनमा ६५ डेसिबल, रातमा ५५ डेसिबल,
– ग्रामीण क्षेत्रमा दिनमा ४५ डेसिबल, रातमा ४० डेसिबल,
– सहरी आवास क्षेत्रमा दिनमा ५५ डेसिबल, रातमा ५० डेसिबल,
– मिश्रित आवास क्षेत्रमा दिनमा ६३ डेसिबल, रातमा ४० डेसिबल,
– शान्त क्षेत्रमा दिनमा ५० डेसिबल, रातमा ४० डेसिबल,
ध्वनि सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ले सिमेन्ट र क्रसर उद्योगबाट निश्कासन भई हावामा जाने धुलो सम्बन्धी मापदण्ड, डिजेल जेनेरेटरबाट निश्कासन भई हावामा जाने धुँवा सम्बन्धी मापदण्ड र क्वाइलरको सञ्चालननबाट निष्कासन हुने धुँवा तथा चिम्नीको मापदण्ड समेत जारी गरेको छ । स्मरण रहोस हाल नेपालको औद्योगिक क्षेत्रमा १००–१३० डेसिवलसम्म ध्वनि प्रदुषण हुने गरेको छ ।
0 Comments