कुनै पनि जीव तथा वनस्पतिको सङ्ख्या घट्दै गई लोप हुने स्थितिमा पुगेको अवस्थामा त्यस्ता जीव तथा वनस्पतिलाई दुर्लभ पशुपंक्षी र वनस्पतिमा राखिन्छ । त्यस्ता वनस्पति तथा जीवजन्तुको संरक्षणका लागि आवश्यक कानून, सरकारी संरचनाको व्यवस्था गरिएको छ । त्यस्ता जीवजन्तु, वनस्पतिको सूची सार्वजनिकरण गरिएको र संरक्षित क्षेत्रहरु तोकिएको छ ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र
राष्ट्रिय निकुञ्ज
वातावरणीय संरक्षण, प्रकृतिक मनमोहकता कायम गर्न, दुर्लभ वन तथा वन्य जन्तुको संरक्षण गर्न तथा पर्यटकीय आकर्षण निर्माण गर्नका लागि राष्ट्रको निश्चित भू–भागलाई निकुञ्जको रूपमा विकास गरिन्छ । वि.सं. २०३० सालमा चितवन राष्ट्रिय निकुञ्जको स्थापनासँगै नेपालमा यस विषयले महत्व पाएको देखिन्छ ।
नेपालका राष्ट्रिय निकुञ्ज र तिनको संक्षिप्त विवरण
सि. नं.
|
निकुञ्जको नाम
|
स्थापना वर्ष (वि.सं.)
|
क्षेत्रफल व.कि.मि)
|
जिल्ला
|
पाइने प्रसिद्ध जनवारहरू, जंगली पशुपंक्षीहरू
|
थप विशेषताहरू
|
१.
|
चितवन राष्ट्रिय निकुञ्ज
|
२०३० (सन् १९७३)
|
९५२.६३
|
चितवन, मकवानपुर, पर्सा र नवलपरासी
|
एकसिंगे गैंडा, गौरी गाई, भालु, चितुवा, रतुवा, चितल, लगुना, जरायो, चौसिंगे मृग, घडियाल गोही, निलगाई, मगरगोही, जिंगर मयुँर लगायत विभिन्न जातका चराचुरङ्गी आदि
|
१) सबैभन्दा पहिलो घोषित राष्ट्रिय निकुञ्ज
२) सन् १९८४मा विश्वसम्पदा सूचीमा समावेश
३) एकसिंगे गैंडा र हिले कौवा संरक्षणका लागि महत्वपूर्ण
|
२
|
सगरमाथा राष्ट्रिय निकुन्ज
|
२०३२ (सन् १९७६)
|
१,१४८
|
सोलुखुम्बु
|
कस्तुरी, मृग, हिमाली भालु, थार, घोरल, झारलका साथै डाँफे, चिलिमे, कालिज, हिमकुखुरा, चालचुच्चे र पहेलचुच्चे चराहरू
|
१) विश्वको सर्वोच्च स्थानमा रहेको ।
२) सन्१९७९मा विश्व सम्पदा सूचीमा राखिएको
३) विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित ।
४) नेपालको राष्ट्रिय फूल लालीगुँरास र जनावरमा हाब्रेको लागि प्रख्यात
|
३
|
लाङटाङ
|
२०३२ (सन् १९७६)
|
१,७१०
|
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका केही भागहरू
|
चितुवा, हाब्रे (रातो पाण्डा), कस्तुरी, मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर जस्ता जनावरहरू ।
|
१) पुण्यस्थल गोसाईकुण्ड अवस्थित ।
२) प्रसिद्ध लाङटाङ उपत्यका।
|
४
|
रारा
|
२०३२
(सन् १९७६)
|
१०६
|
मुगु जुम्लाका भूभागहरू
|
हिमाली कालो भालु, थार, घोरल,कस्तुरी, मृग,बँदेल आदि जनावरहरू
|
१) नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज ।
|
५
|
खप्तड
|
२०४२ (सन् १९८४)
|
२२५
|
बझाङ, बाजुरा, डोटी र अछाम
|
रतुवा, कस्तुरी, मृग, घोरल, चितुवा, गलीकुकुर,जंगली बिरालो, रातो बाँदर, लंगुरबादरका साथै डाँफे, मुनाल जस्ता सुन्दर चराचुरुंगीहरू
| |
६
|
शे—फोक्सुन्डो
|
२०४०(सन् १९८४)
|
३५५५
|
डोल्पा, मुगु जिल्लाको भू–भाग
|
हिँउ चितुवा, तिब्बती खरायो, नाउर आदि
|
१) नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज ।
|
७
|
बर्दिया
|
२०३२ (सन् १९७६)
|
९६८
|
बर्दिया
|
बाघ, चितुवा, घोडगदाह, जरायो, चित्तल, लगुना, बाह्रसिंगे, हात्ती, गैडा, गोही, सोस तथा विविध चराहरू ।
|
सुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित,पछि बर्दिया वन्यजन्तु आरक्ष भएको र २०५४मा बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषित भएको
|
८
|
मकालु बरुण
|
२०४९ (सन् १९९१)
|
१५००
|
संखुवासभा र सोलुखुम्बु
|
मृग, कस्तुरी, बँदेल, बाघ आदि ।
| |
९
|
शिवपूरी/नागार्जुन
|
२०५८ (सन् २००२)
|
१५९
|
पूर्वमा चिसापानी देखि पश्चिममा ककनीसम्म
|
ध्वाँसे चितुवाको लागि प्रशिद्ध ।
|
पहिले शिवपुरी जलाधार क्षेत्रको रूपमा सन् १९८९मा स्थापना
|
१०
|
बाँके
|
वि.सं. २०६७ साल असार २८ (सन् २०१०)
|
५५०
|
बाँके, सल्यान र दाङ
|
पाटेबाघ र हात्तीको लागि प्रसिद्ध ।
|
यो नेपालको हालसम्मको अन्तिम (दशौं)राष्ट्रिय निकुन्ज हो ।
|
११
|
शुक्लाफाँटा
|
वि.सं. २०३१ साल (सन् १९७६)
|
३०५
|
कञ्चनपुर
|
जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना आदि ।
| |
१२
|
पर्सा
| वि.सं. २०४० (सन् १९८४) वि.सं. २०४० (सन् १९८४) | ६३७.३७ | चितवन, पर्सा, मकवानपुरका केही भाग | हात्ती, बाघ, चितुवा, बँदेल, जरायो र घोडागधा आदि । | नेपाल सरकारले यो वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा स्तरोन्नती गर्ने निर्णय मिति २०७४/०२/२० मा गरेको छ । |
नेपालका वन्यजन्तु आरक्षहरू
पर्सा वन्यजन्तु आरक्ष
– वि.सं. २०४० (सन् १९८४) मा स्थापना गरिएको यो आरक्ष करिब ६३७.३७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
– यो वन्यजन्तु आरक्षले चितवन, पर्सा, मकवानपुरका केही भाग समेटेको छ । यस आरक्षमा पाइने प्रसिद्ध जनावरहरूमा हात्ती, बाघ, चितुवा, बँदेल, जरायो र घोडागधा आदि छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष
– सन् १९७६ (वि.सं. २०३२) मा स्थापित यो आरक्ष सुनसरी जिल्लामा पर्दछ ।
– यो आरक्ष १७५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ ।
– दुर्लभ अर्ना, घडियाल, मगर गोही तथा विविध जातका माछा र देश विदेशबाट आउने चराचुरुंगीहरूको यहाँ वासस्थान छ ।
– यस निकुञ्जमा प्रजातिका चराहरू पाइन्छन् । हालसम्म यसै क्षेत्रमा चरा महोत्सव हुने गरेको ।
– सन् १९८७ मा इरानको रामसारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनबाट संरक्षित सिमसार क्षेत्र घोषित भएको ।
– अन्तर्राष्ट्रिय सिमसार क्षेत्रमा सूचीकृत हुने पहिलो नेपालको सिमसार क्षेत्रसमेत हो ।
नेपालका शिकार आरक्ष
ढोरपाटन शिकार आरक्ष
– बाग्लुङ, रुकुम र म्याग्दी जिल्लाको करिब १,३२५ वर्ग कि.मि. क्षेत्रफलमा अवस्थित यो आरक्ष सन १९८७ (वि.सं. २०४४) मा स्थापना भएको हो ।
– यहाँ नीलो भेडा, बँदेल, रतुवा, कृष्णसार, नाउर, थार, हिमाली भालु आदि जनावर पाइन्छ ।
– एकमात्र शिकार आरक्ष ।
नेपालका संरक्षण क्षेत्रहरू
गौरीशंकर संरक्षण क्षेत्र
– नेपाल सरकारले वि.सं. २०६६ पौष २७ गते (सन् २०१०) राजपत्रमा सूचना प्रकाशित गरी विधिवत रूपमा गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेको यस संरक्षण क्षेत्रमा रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई समेटिएको र यसको क्षेत्रफल २,१७९ वर्ग कि.मि. रहेको छ ।
अपी नम्पा संरक्षण क्षेत्र
– वि.सं. २०६६ मंसिर १६ सगरमाथाको आधारशिविरमा बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ संरक्षण क्षेत्रको रूपमा अपी नम्पा संरक्षण क्षेत्र घोषणा गरे अनुसार वि.सं.२०६७ (सन् २०१०) मा यस संरक्षण क्षेत्रको स्थापना गरेको थियो । यो संरक्षण क्षेत्र दार्चुला जिल्लाको १,९०३ वर्ग कि.मि.मा फैलिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र
– यो संरक्षण क्षेत्र कास्की, लम्जुङ, मुस्ताङ, मनाङ र म्याग्दी जिल्लाको ७,६२९ वर्ग कि.मि.मा फैलिएको छ ।
– यो संरक्षण क्षेत्र वि.सं. २०४९ (सन् १९९२) मा स्थापना भएको हो ।
– यस क्षेत्रमा अनेकौ हिमाली जीवजन्तुहरू, मनोरम दृष्यहरू, पदयात्राको लागि उपयुक्त ठाउँहरू र पर्यटकीय महत्वका अनेकौ प्राकृतिक दृष्यहरू छन् ।
– यो नेपालको संरक्षण क्षेत्रहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको संरक्षण क्षेत्र हो ।
कञ्चनजंघा संरक्षण क्षेत्र
– २०३५ वर्ग कि.मि. क्षेत्र ओगटेको यो संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्दछ ।
– यो वि.सं. २०५४ (सन् १९९७) सालमा स्थापना गरिएको हो ।
– यस क्षेत्रमा हिउँ चितुवा, कस्तुरी मृग, हिम भालु, घोरल, ब्वाँसो, नाउर आदि जनावर पाइन्छ ।
मनास्लु संरक्षण क्षेत्र
– वि.सं. २०५५ (सन् १९९८) मा स्थापित यो संरक्षण क्षेत्र मनाङ र गोरखा जिल्लामा पर्दछ ।
– यो क्षेत्र १,६६३ वर्ग किलोमिटर क्षेत्रफलमा अवस्थित छ ।
– यस क्षेत्रमा हिँउ चितुवा, कस्तुरी, मृग, नाउर लगायत विभिन्न चराहरू र अन्य जनावरहरू पाइन्छन् ।
कृष्णसार संरक्षण क्षेत्र
– बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि गुलरिया नगरपालिका अन्तर्गतको १६.९५ वर्ग कि.मी. क्षेत्रलाई नेपाल सरकारले वि.सं. २०६५ फागुन २३ गते कृष्णसार संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको थियो ।
नेपालका संरक्षित पंक्षीहरू
१. कालो सारस (Ciconia nigra) २. सेतो सारस (Ciconia ciconia)
३. सारस (Grus grus) ४. चीर (Catreus wallichi)
५. डाँफे (Lophophorus impejanus) ६. मुनाल (Trjgopan satyra)
७. राज धनेश (Bucoros bicornos) ८. खर मजुर (Eupodotis bengclensis)
९. सानो खर मजुर (Sypheotides indica)
संरक्षित घस्रने जन्तु
१. अजिंगर (Python molurus) २. घडियाल (Cavialis cangeticus)
३. सुन गोहोरो (Varanus flavescens)
संरक्षित स्तनधारी जन्तुहरू
१. आसामी रातो बाँदर (Macaca assamensis) २. सालक (Manis pentadactyla)
३. हिस्पिढ खरायो(Caprolagus hispidus) ४ सोंस (Platanista gangetica)
५. ब्वाँसो (Canis lupus) ६. हिमाली रातो भालु (Ursus arctos)
७. हाब्रे (Ailurus fulgens) ८. लिङसाङ/सिलु (Prionodon pardicolor)
९. चरी बाघ (Prionailurus bengalensis) १०. लिंक्स (Felis lynx)
११. बाघ (Panthera tigris) १२. हिउँ चितुवा (Panthera uncia)
१३. जंगली हात्ती (Elephas maximus) १४. गैंडा (Rhinoceros unicornis)
१५. पुड्के बँदेल (Sus salvanius) १६. कस्तुरी मृग (Moschus chrysogaster)
१७. बाह्रसिंगा (Cervus duvauceli) १८. गौरी गाई (Bos gaurus)
१९. जंगली याक (Bos gaurus) २०. अर्ना (Bubalus arnee)
२१. नायन (Ovis ammon) २२. चिरु (Pantholops Hodgsoni)
२३. कृष्णसार (Antilope cervicapra) २४. चौका (Tetra ceros quadriocornis)
२५. हुँडार (Hyena hyena) २६. ध्वाँसे चितुवा (Pardofelis nebulosa)
नेपाल सरकारद्वारा प्रतिबन्धित वन पैदावारहरू
मध्यवर्ती क्षेत्र
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षका वरिपरिका जनतालाई आरक्ष राष्ट्रिय निकुञ्जका वन्यजन्तु र जनावरले दुःख दिने, लगाइएका कृषि फसल समेत खाइदिने गरेकोले त्यस्ता क्षेत्रको वरिपरिको केही भाग छुट्याउने गरिन्छ, त्यस क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनिन्छ । मध्यवर्ती क्षेत्रको स्थानीय जनतालाई कूल आम्दानीको ३०% सम्म आम्दानी उपलब्ध गराई उनीहरूलाई सहयोग जुटाउने उद्देश्यले यस प्रकारको भूमि छुट्याउने गरिन्छ ।
नेपालमा रहेका मध्यवर्ती क्षेत्रहरू
१. चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, २. बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
३. लाङ्टाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, ४. शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
५. मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, ६. सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
७. शुक्लाफाँटा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र, ८. कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र,
९. पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र, १०. रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
११. खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, १२. बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र,
नेपालका संरक्षित वनस्पतिहरू
विभिन्न संरक्षित स्थान,अध्ययन तथा प्रजनन् केन्द्रहरू
नेपालमा रहेका वनस्पतिक उद्यानहरू
– राष्ट्रिय वनस्पतिक उद्यान,गोदावरी
– धिताचौर वनस्पति उद्यान, जुम्ला
– मुलपानी वनस्पति उद्यान, कपुरकोट, सल्यान
– धकेरी वनस्पति उद्यान, बाँके
– तिस्तुंग वनस्पति उद्यान, तिस्तुंग
– दामन वनस्पति उद्यान, दामन ड्ड वृन्दावन वनस्पति उद्यान, हेटौंडा
– धनुषा वनस्पति उद्यान, धनुषा
– माईपोखरी वनस्पति उद्यान, इलाम
– देवरिया वनस्पति उद्यान कैलाली
साइटिस (CITES)
– वन्यजन्तुको अवैध व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (Convention on International Trade on Endangered Species of Wild Fauna and Flora) को छोटकरी नाम साइटिस (CITES) हो ।
– दुर्लभ तथा संकटग्रस्त जीवजन्तु तथा वनस्पतिको अवैध कारोवार तथा ओसारपसार नियन्त्रण गर्ने उदेश्यले IUCN को तत्ववधानमा ३ मार्च सन् १९७३ मा एक वहुपक्षीय सन्धिको रूपमा हस्ताक्षर भएर स्थापीत (CITES) सन् १९७५ जुलाई १ देखि लागू भएको हो ।
– यसको मुख्यालय वाशिगंटन डि.सी. (USA) मा छ ।
– CITES ले संरक्षणको सूची तयार गर्दछ । यसले तयार गरेको सानो तथ्यांक पुस्तिकालाई Red List/Red Data Book भनिन्छ यसले विश्वभरिका वन्यजन्तुको अवस्था कस्तो छ भन्ने जानकारी दिन्छ । यस पुस्तिकाले विश्वभरि पाइने सम्पूर्ण वन्यजन्तुलाई पहिलो, दोस्रो र तेस्रो गरी तिन प्रकारको अनुसूचीमा वर्गीकरण गरेको छ ।
– पहिलो सूचीमा लोप हुने स्थितिमा पुगेका वन्यजन्तु पर्दछन् ।
– दोस्रो सूचीमा लोप हुने स्थितिमा पुगी नसकेका तर तिनको संरक्षण गर्नुपर्ने आश्यक ठानेका प्रजातिलाई समावेश गरिन्छ ।
– तेस्रो सूचीमा कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा पाइने कुनै प्रजातिको वन्यजन्तुको व्यापार प्रतिवन्ध लागाउन आश्यक ठानेका प्रजातिलाई समावेश गरिन्छ ।
0 Comments