विश्वको इतिहास सम्बन्धित वस्तुगत प्रश्नोत्तर

१) फ्रान्सको राज्य धर्म कुन थियो ? – क्याथोलिक (Catholicism)
२) मानव अधिकारको पहिलो लिखित दस्तावेज मानिने म्याग्नाकार्टा (Magna Carta) लाई संशोधन गरी कसले पूर्णता दिएका हुन् ? – हेनरी तृतीय (Henry III)
३) म्याग्नाकार्टा (Magna Carta) मा हस्ताक्षर गर्ने राजा को थिए ? – राजा जोन (King John)
४) औद्योगिक क्रान्तिपश्चात् समाजमा कुन वर्गको स्थापना हुन पुग्यो ? – पूँजीपति वर्ग र मजदुर वर्ग
५) वाफबाट चल्ने मेसिनको आविस्कार कसले गरेका हुन् ? – जेम्स वाट (James Watt)
६) वाफको शक्तिद्धारा रेलको इन्जिन चलाउने कार्य कसले गरेका हुन् ? – जर्ज स्टिफेन्सन (George Stephenson)
७) फ्रान्सको राज्यक्रान्ति कहिले भएको थियो ? – सन् १७८९ मा
८) फ्रान्सको राज्यक्रान्ति हुँदा त्यहाँका राजा को थिए ? – लुई सौह्रौं (King Louis XVI)
९) प्राचीनकालीन सभ्यताहरुको विकास कहाँ भएको पाइन्छ ? – नदी किनारमा
१०) प्राग ऐतिहासिक युगलाई अर्को के नामले चिनिन्छ ? – हिमयुग
११) मेसोपोटामियाको सभ्यतामा पुरोहित र मन्दिरलाई केका रुपमा लिइन्थ्यो ? – ज्ञानको केन्द्र
१२) कुन सभ्यतामा सर्वप्रथम तामा पत्ता लगाइएको हो ? – सिन्धुघाँटी
१३) ग्रीसको प्राचीन सभ्यतालाई अर्को के नामले चिनिन्छ ? – युनानी सभ्यता
१४) रोमको सभ्यता कुन नदीको किनारमा विकसित भएको हो ? – टाइबर
१५) प्रत्येक व्यक्तिलाई कानुन अनुसार नै दण्ड दिइनेछ भन्ने कुरा महाधिकारपत्रको कुन धारामा व्यवस्था गरिएको छ ? – धारा ५४
१६) फ्रान्समा क्याथोलिक सम्प्रदायका इसाई धर्मका धर्मगुरु र पुरोहितलाई के भनिन्थ्यो ? – पादरी
१७) सर्वसाधारण वर्गका सदस्य रहने स्टेट जनरलको तेस्रो हाउसमा कति सदस्य रहने व्यवस्था थियो ? – ६२१ जना
१८) अमेरिकी स्वतन्त्रता सङ्ग्राम कहिले सुरु भएको थियो ? – सन् १७७५
१९) पुनर्जागरण कालको उत्कृष्ट वास्तुकलाको नमुना कुन हो ? – रोमस्थित सेन्ट पिटरको गिर्जाघर
२०) भारत आउने सामुन्द्रिक मार्ग पत्ता लगाउने व्यक्ति को हुन् ? – भास्को डिगामा (Vasco da Gama)
२१) आधुनिक कालको सुरुआत कहिले भएको मानिन्छ ? – १६ औं शताब्दी
२२) गौरवमय क्रान्तिलाई अर्को के नामले चिनिन्छ ? – रक्तहीन क्रन्ति 
२३) आम विनाशकारी हातहतियार राखेको आरोप लगाउँदै अमेरिकाले इराकमाथि आक्रमण कहिले गर्यो ? – सन् २००३ मार्च २०
२४) रुसी राज्यक्रान्तिको परिणामस्वरुप विश्वमा कुन वादको सूत्रपात भयो ? – साम्यवाद
२५) अस्ट्रियाका युवराज आर्कड्युक फ्रन्सिसको २८ जून १९१४ मा एक अज्ञात व्यक्तिको गोलीबाट मृत्यु भएको विषयलाई लिई अस्ट्रियाले कुन देशमाथि आक्रमण गरेको थियो ? – सर्विया
२६) दास्रो विश्वयुद्धको परिणामस्वरुप संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भयो ? – २४ अक्टोबर १९४५
२७) द्धितीय विश्वयुद्धमा कति सर्वसाधारण जनताले ज्यान गुमाएका थिए ? – करिव १ करोड
२८) भारत कहिले स्वतन्त्र राष्ट्र घोषित भएको हो ? – १५ अगस्ट, १९४७
२९) महात्मा गान्धीको हत्या कहिले भएको हो ? – ३० जनवरी १९४८
३०) उत्तर कोरियाले पहिलोपल्ट परमाणु बम परीक्षण कहिले गर्यो ? – सन् २००६ अक्टोबर ९ 

Post a Comment

0 Comments