– कलकारखाना, उद्योगधन्दा लगायतका क्रियाकलापहरूबाट कार्बनडाइअक्साइड, क्लोरोफ्लोरो कार्बन, मिथेनजस्ता हरित ग्याँसहरूको मात्रा बढेकाले वायुमण्डलको तापक्रम क्रमशः बढ्दै गएको अवस्थालाई Global Warming भनिन्छ ।
– Global Warming का कारण वर्षा अनियमित हुने, खडेरी पर्ने, कृषि उत्पादनमा ह्रास आउने, जैविक विविधतामा प्रतिकुल असर पर्ने, जलवायु परिवर्तन हुने जस्ता बिषयहरू विश्वमा प्रमुख चुनौतीका रूपमा देखापरेका छन् ।
– विश्वव्यापी उष्णताको कारक हरित गृह ग्याँसको निष्काशनमा विकसित राष्ट्रहरूको भूमिका बढी र नेपालजस्तो विकाशोन्मुख राष्ट्रको कम हुने भएता पनि नेपाल हिमाली मुलुक भएकाले जलवायु परिवर्तनबाट बढी प्रभावित हुने देखिएको छ ।
0 Comments