स्लेट र चकले लेखेर वहाँको परम्परागत अनौपचारिक पढाइ शुरु भएको थियो । एकजना स्थानीय शिक्षकबाट २०५२–०५३ सालमा वहाँले अनौपचारिक रुपमा आधुनिक शिक्षा प्राप्त गर्नुभयो ।
२०५३ सालमा जनकपुरधाम स्थित श्री राजर्षि जनक प्रा.वि.मा वहाँ १ कक्षामा भर्ना हुनुभयो । त्यसको केही महिनापछि एक दुर्घटनामा उहाँको दाहिने खुट्टामा गम्भीर चोट आएको थियो, जसले गर्दा एक वर्ष विद्यालय जान सक्नु भएन ।
वि.सं. २०५५ सालमा सोही विद्यालयमा वहाँलाई लगेर २ कक्षामा भर्ना गरियो । राजर्षि जनक राष्ट्रिय प्रा.वि.बाट ५ कक्षा उतिर्ण गरे पश्चात जनकपुरधाम–९ मा अवस्थित श्री सरस्वती नमुना उच्च मा.वि.मा भर्ना हुनुभयो । वि.सं. २०६४ मा उहाँले एस.एल.सी. परिक्षा उतिर्ण गर्नु भयो ।
२०६५–२०६६ मा वहाँले काठमाडौंको पशुपति बहुमुखी क्याम्पसबाट बाणिज्य बिषयमा प्रविणता प्रमाण पत्र तह उतिर्ण गर्नु भयो ।
विक्रम सम्वत् २०६७–२०७० सालमा उहाँले जनकपुरधामको रा.रा.बहुमुखी क्याम्पसबाट बाणिज्य विषयमा स्नातक गर्नु भयो ।
0 Comments